बोसले भोली तलब दिन्छु भनेको भोलीहरू गन्तीमा ४५ पुगेपछि एकदिन उसले ट्याबलोइडको काम छोडिदियो। केही काम नभएपछि आफूले खिचेका भिडियो उसले कम्प्युटरमा राख्यो र एडोबी प्रिमियर प्रोको टाइमलाइनमा काँटछाट गर्न थाल्यो।
हुन त म फिल्म पारखी होईन, यद्यपी बच्चा छँदा फिल्म हेर्नुको मज्जा बेग्लै आउँथ्यो । फिल्म हेर्न घरमा सम्भव थिएन, हलमा गएर हेर्नु पर्थ्यो । बिस्तारै बिस्तारै नेपालमा भिडियो मार्फत फिल्म हेर्ने चलन आएको थियो । हामी साथीभाई मिली कहिले भिडियो भाडामा लिएर हेर्ने गर्थ्यौ त कहिले काँहि स्कूलबाट भागेर हल पुग्थ्यौं ।
बलिउडकी मसलादार अभिनेत्रीको डरलाग्दो कथाले नेपाली अभिनेत्री रेखा थापालाई नराम्ररी झस्कायो। दिपिकाले डिप्रेसनका जुनजुन अनुभव र संकेत बाँडेकी थिइन्, रेखाले त्यसलाई आफ्ना थुपै्र सहकर्मीका अनुहारमा अनुभव गरिन्।
भिजेका परेलीहरुका टिलपिलाइले आलोकको मिठो मुस्कानको भेल खोज्दै गर्दा उनी भगवानको प्यारा भैसकेका छन् । बिहीवार बेलुकी आफ्नै घरमा आलोकले जुन निर्णय गरे, त्यो उनका लागि अनायासै सहज बन्यो होला तर उनको कदमले चलमलाएका हजारौं पाइलाका लागि कठिन बनिरहेको छ ।
खै किन हो कुन्नि, म जीवनमा सबै कुराको सामना गर्न सक्छु, तर बाध्यतावस एउटी महिलाले शीरदेखि पाउसम्म सेतो पहिरेको हेर्न सक्तिँन । तिम्रो त्यो उजाडिएको सिउँदो, भावविह्वल मुद्रा अनि अर्धचेत अवस्थालाई नजिकबाट नियाल्न सक्ने र तिमीलाई सम्हाल्न सक्ने हिम्मत ममा थिएन । त्यसैले म तिम्रो छेउमा जाने चेष्टै गरिनँ ।