मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

डेव्यु मात्रै हिट : फिल्म फ्ल्प कलाकार हिट !

फिल्मीखबर, काठमाण्डौ, २०७० भाद्र १६, आईतवार

फिल्म चल्नु नचल्नुमा स्टारडमको ठूलो हात हुन्छ । भलै फिल्म राम्रो नराम्रो बनाउने मुख्य हात निर्देशकको किन नहोस् तर कलाकारले पनि फिल्म फ्ल्प त हिट बनाउने जिम्वेवारी पाएका हुन्छ । पछिल्लो पुस्ताका नेपाली कलाकारहरूमा स्टारडम खासै भएको पाईएको छैन ।

 

रतजपटमा थुप्रै नयाँ अनुहारहरू भित्रिएका छन् । ति मध्ये थोरै कलाकारका फिल्म मात्र हिट छन् । केहि औसतमा छन् भने केहि कलाकार पहिलो फिल्मबाटै माथी उठ्न सकेका छैनन् । यिनै बिषयमा आधारित रहेर फिल्मीखबरले केहि चर्चित, सफल तथा असफल कलाकारको चर्चा गरेको छ ।
 

 

डेव्यु मात्रै हिट

 

इन्डियन आईडल प्रशान्त तामाङको डेव्यु फिल्म गोर्खा पल्टनको व्यापार सर्बाधिक रह्यो । नारायण रायमाझी निर्देशित फिल्म गोर्खा पल्टनले नेपाल प्रदर्शनबाट ३ करोड माथिको ग्रस कलेक्सन गरेको थियो । प्रशान्तको इन्डियन आईडलको फेम दर्शकलाई हलसम्म तानेको थियो । पहिलो फिल्म नै सुपर डुपर हिट दिएका प्रशान्तका किन मायामा र अंगालो यो मायामा फिल्म भने सुपर फल्प बन्न पुगे ।

 

त्यस्तै अभिनेत्री बिनिता बरालको डेव्यु फिल्म चपली हाइट पनि सुपरहिट बन्यो । सेक्स कन्टेन्ट फिल्म हेर्न हलमा दर्शकको लाइन राम्रै देखियो । तर, बिनिताको दोस्रो फिल्म फुलस्टपले भने चपली हाइटको आधा व्यापार पनि गर्न सकेन । बिनिताको तेस्रो प्रोजेक्ट सुपरहिट प्रदर्शनको क्रममा छ । बिनिता हाल फिल्म छोडेर कृषक बनेकी छिन् । अभिनेत्री ऋचा सिंह ठकुरीको पनि पहिलो फिल्म नाइ नभन्नु ल सफल रह्यो । त्यसपछि उनले अभिनय गरेका फिल्म सफल हुन सकेका छैनन् । हाल उनी अप्स एण्ड डाउन फिल्म रिलिजको पर्खाईमा छिन् ।

 

डेव्यु पछिको फल्प फिल्म दिनेमा अभिनेत्री ऋचा शर्मा पनि काउन्टमा आउँछिन् । उनको डेव्यु फिल्म फस्ट लभ फिल्म व्यवसायिक रुपमा हिट बन्यो । तर, त्यस पछिका मेरो लभ स्टोरी, हाइवे, भिसा गर्ल, उमा जस्ता ऋचा अभिनित फिल्मले व्यावसायिक सफलता पाउन सकेनन् । छोटो रोल रहेको फिल्म लुटले भने पैसा राम्रैसँग कुम्ल्याएको थियो । यता सानो संसार डेब्यू अभिनेता विनय श्रेष्ठको पनि फस्ट लभ बाहेक अन्य फिल्म हिट हुन सकेका छैनन् भने कर्मको फस्ट लभ र लुट मात्र बक्स अफिसमा अब्बल रहे ।

 

डेब्यू फिल्म हिफाजतबाट राम्रै तारिफ पाएका एक्सन हिरो आयुष रिजालको अवस्था पनि उस्तै छ । उनले पनि रजतपटमा कुनै कमाल देखाउन सकेका छैनन् । पहिलो फिल्म कहाँ भेटिएलाबाट नसोचेको सफलता पाएकी हिरोईन स्वेता खड्का पनि त्यसपछि सफल हुन सकेकी छैनन् । हाल कोहिनुरको प्रि-प्रोडक्सनमा व्यस्त स्वेताका श्रीमान श्रीमती र हाँसि देउ एक फेर फ्लप फिल्म हुन् ।

 

पहिलो गासमै ढुङ्गा

 

खाईलाग्दो ज्यान लिएर रजतपटमा भित्रिएका बडीगार्ड आकाश शाहलाई लक लागेन । उनको पहिलो फिल्म वडीगार्ड सफल हुन सकेन । पहिलो फिल्मको असफलताले आकाश पनि चल्न सकेनन् । फिल्म रिलिज भएको वर्ष दिन बितिसक्दा पनि उनले दोस्रो प्रोजेक्टको सुटिङ सुरु गरेका छैनन् ।

 

त्यस्तै फेसबुकबाट उदाएका एनआरएन स्वतन्त्र प्रताप शाहको हालत पनि उस्तै रह्यो । फिल्म नचलेपछि स्वतन्त्र नेपाली फिचर फिल्ममा कम ब्याक हुन सकिरहेका छैनन् । उनको दोस्रो प्रोजेक्ट मेरो भ्यालेनटाइन प्रदर्शनमा आउन सकेको छैन । अर्का फ्ल्प डेब्यू हिरो बिम्लेश अधिकारी पनि हुन् । ब्रेक फेलबाट डेब्यू गरेका बिम्लेशले पहिलो गासमै ढुंगा पाए । हाल उनी तुलसी र मुटु फिल्मको रिलिज पर्खाइमा छन् । खासै फिल्म नपाएका बिम्लेश म्युजिक भिडियोमा भने हिट नै छन् ।

 

स्क्रिपट राइटर प्रदीप भाद्धाजका भाई प्रमोद भारद्धाजले पनि सो सिम्पलबाट कुनै छाप छोड्न सकेनन् । प्रमोद होम प्रोडक्सनको फिल्मबाट कम ब्याकको तयारी गरिरहेका छन् । सो सिम्पल हिरोइन निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मी पनि फिल्ममा फर्कने संकेत छैन ।

 

फिल्म फ्ल्प कलाकार हिट !

 

रेखा फिल्मसबाट रजतपटमा भित्रिएका अभिनेता आर्यन सिग्देललाई लकले फेवर गरिरहेको छैन । आर्यनको डेव्यु फिल्म किस्मत, हिफाजत र कस्ले चोर्यो मेरो मनको साथमा फस्ट लभ मात्रै व्यावसायिक रुपमा सफल रहे । मेरो एउटा साथी छ फिल्म व्यवसायिक रूपमा असफल भएपनि चर्चा भने राम्रै भयो । अझ भन्नुपर्दा आर्यन यहि फिल्मबाट दर्शकमाझ बढि चिनिए ।


रेखासँगको खटपटसँगै अभिनेता सिग्देलको फिल्म हलमा चल्न सकेन । आर्यन अभिनित आइ एम सरी, धुवाँ यो नशा, कलिउड, बन्दी, के अ तिम्रो साथी बन्न सक्छु, दबाब जस्ता फिल्म असफल भए । यद्यपी आर्यन व्यस्त अभिनेतामा पर्न आउँछन् । आर्यनको लोफर, मधुमास फिल्म प्रदर्शनको पर्खाइमा छन् । नोभेम्बर रेन नाम दिएर उनी आफै फिल्म निर्माणमा जुटेका छन् ।

 

अभिनेत्री प्रियंका कार्कीका पनि फिल्म फल्प छन् । तर, उनी हिट छिन् । उनी अभिनित थ्री लभर्स, भिजिलान्ते र कलिउड सफल हुन सकेन । तर, निर्माताको रोजाइमा प्रियंका पछिल्लो समय पहिलो रोजाइमा पर्छिन् । प्रियंका अभिनित झोले, आवरण, सुन्तली प्रदर्शनको पर्खाइमा छन् । छबिलाल कन्जुस छैन नामक फिल्ममा पहिलो पटक अभिनय गरेकी अभिनेत्री सुमिना घिमिरे व्यस्त नायिकामा पर्छिन् । तर, सुमिनाले अभिनय गरेका कुनै पनि फिल्म सफल हुन सकेका छैनन् । रिलिज भएको पहिलो फिल्म दुलही नै फ्लप भएपछि सुमिना फ्ल्प फिल्मकी हिरोईन बनिन्, तर उनी बिबिध कारणले रजतपटमा भने हिट नै छिन् ।

 

अर्की अभिनेत्री केकी अधिकारी पनि फ्लप फिल्मकी हिट हिरोईन हुन् । डेब्यू फिल्म स्वरबाटै ब्याड लकको समना गरेकी केकीको मसान, आइ एम सरी, मायाको बारीमा जस्ता फिल्म असफल बने । हाल प्रदर्शन भईरहेको फिल्म महसुशले पनि बक्स अफिसमा कुनै चमत्कार नगरेपनि केकीले भने अभिनयको जादु देखाईन् । जसले गर्दा उनी मिडियामा छाईरहेकी छिन् । केकी अहिले बितेका पल र माई प्रमिसको रिलिज पर्खाइमा छिन् ।

 

अभिनेत्री नीता ढुंगानाका पनि फिल्मले बक्स अफिसमा कुनै चमत्कार देखाउन नसकेपनि केहि फिल्म व्यवसायिक रूपले मध्यम छन् । तर उनको चर्चा भने मिडियामा भईरहन्छ । बिशेषत: उनी मसान र नोटबुक फिल्मबाट बढि चर्चामा आईन् । अभिनेत्री निशा अधिकारीको पनि डेब्यू फिल्म मिसन पैसा सुपर फ्लप बन्यो । त्यसपछि थुप्रै फिल्ममा अभिनय गरेकी निशाको हिट फिल्म फस्ट लभ मात्र बन्यो । लगातार असफल फिल्म दिईरहेकी निशा पनि हिट कलाकारको सुचिमा पर्छिन् ।

 

लुट बाहेक अभिनेता सौगात मल्लको अन्य फिल्म व्यापारिक रुपमा सफल भएका छैनन् । कागबेनी डेव्यु सौगातका कथा, हाइवे, छड्के, बधशाला लगायत व्यापारिक रुपमा असफल रहे । यद्यपी सौगात खाली बस्नु परेको छैन । फिटकिरी सुट पछि उनी हाल उत्सव फिल्मको सुटिङमा व्यस्त छन् । सौगातलाई अहिले अभिनयको किङ पनि भन्ने गरिन्छ । फिल्म सफल रहे पनि सौगातको चर्चा रजतपटमा अत्याधिक रहने गर्दछ ।

 

ब्याच नम्बर १६ फिल्मका डेब्यू अभिनेता अर्पण थापाको फिल्म छड्केले बक्स अफिसमा ओपनिङ कलेक्सनको रेकर्ड राखे पनि फिल्म असफल भन्यो । पहिलो फिल्मबाट नै असफलताको स्वाद चाखेका अर्पणको अभिनय क्षमताले भने सफलताको स्वाद चखाई रहेको छ । बिशेषत: धन्दा फिल्मबाट राम्रो तारिफ पाएका अर्पणको मौन रिलिजको क्रममा छ भने सुटिङको तयारीमा केहि फिल्म छन् । उनी अहिले मिडियामा भने हिट नै छन् ।

 

अभिनेत्री नम्रता श्रेष्ठ पनि फ्लप फिल्मकी हिट कलाकार हुन् । सानो संसार, मेरो एउटा साथी छ, मिस यू, छड्के जस्ता फिल्ममा देखिएकी नम्रता मिडियामा धेरै छाउने र राम्रो अभिनय गर्ने सुन्दर अभिनेत्रीको लिस्टमा पर्छिन् । उनले अभिनय गरेको फिल्म मेघा र मौन प्रदर्शनको अन्तिम तयारीमा छ । अभिनेता दयाहाङ राईको पनि लुट बाहेक अन्य फिल्म हिट हुन सकेको छैन । तर उनी रतजपटका हिट कलाकारको रूपमा चिनिन्छन् । विल्सन विक्रम राई पनि असफल फिल्मका हिट अभिनेता हुन् । उनको चर्चा दिन प्रतिदिन बढ्दो छ ।


पर्खि बसें फिल्मबाट डेब्यू गरेका अभिनेता राजबल्लभ कोईरालालाई पनि सुपरहिट फिल्मको खाँचो छ । हुनत हुनको पहिलो फिल्म नै सफल भएको थियो । राजले अभिनय गरेका कसम हजुरको, छोडी गए पाप लाग्ला, अपवाद, तिमी मात्र तिमी, दिवानापन, गुरू दक्षिणा, हाँसि देउ एक फेर, बसमा छैन यो मन, स्वर, हाँसि देउ एक फेर, बसमा छैन यो मन, स्वर जस्ता फिल्म फ्लप भए भने पहिलो पहिलो माया र किन लाग्छ माया व्यवसायिक रूपले सफल बने । उनी कुशल अभिनताको रूपमा सफलताको सिंढी चड्ने क्रममा छन् ।

 

सानो संसार र मेरो एउटा साथी छ फिल्ममा छोटो भुमिकामा देखिएका अभिनेता जीवन लुईटेल पछिल्लो समय सबैभन्दा बढि चर्चामा आएका अभिनेतामा पर्छन् । नसिब आफ्नो फिल्ममा मुख्य भुमिका निर्वाह गरेर मिडियामा छाउन थालेका जीवनका नाइ नभन्नु ल, अन्दाज, मालतीको भट्टी, रिदम जस्ता फिल्म बक्स अफिसमा अब्बल रहे भने कसम हजुरको, दीपशिखा, जब जब माया बस्छ, म तिम्रो भईसकें जस्ता फिल्म असफल बने । नोटबुक फिल्मले भने मध्यम व्यापार गर्‍यो । एकै बर्षमा तीन अवार्ड हात पारेका कारण पनि जीवन पपुलर अभिनेतामा पर्छन् ।

 

न यता न उता !

 

सानो संसारमा हल्दारको रोल पाएका सुवास थापा कोही मेरो फिल्मबाट डेब्यू अभिनेता बने । उनी अभिनित ब्रेक फेल, फेसबुक, भिजिलान्ते जस्ता फिल्म बक्स अफिसमा फ्लप बने । फिल्ममा काम पाईरहेका यि कुशल अभिनेतालाई पनि सफल फिल्म दिन धौ धौ परिरहेको छ । सुवास न हिट हुन सकेका छन् न फ्लप नै । अन्दाज डेब्यू हिरो सबिन श्रेष्ठ पनि सफल र असफलको बिच घेरामा छन् । सबिनको अन्दाजसँगै राम्रै व्यवसाय गरेको अर्को फिल्म रावण हो । त्यसपछिको फिल्म फुलस्टपले भने सबिनलाई फाईदा पुर्‍याउन सकेन ।

 

निरज बराल पनि फ्लप फिल्मका मध्यम खालको चर्चा पाउने अभिनेताको लिस्टमा पर्छन् । डेब्यू फिल्म  कुसुमे रूमाल २ ले सोचे अनुरूपको व्यवसायिक सफलता नपाएपछि निरज पनि सोचे अनुरूपले चर्चामा आउन सकेनन् । उनले अभिनय गरेका दिपशिखा, ब्रेक फेल, थ्री लभर्स, लभ फरेभर जस्ता फिल्म असफल भए । अहिले उनी सेफ ल्याण्डिङबाट सेफ हुने आशमा छन् भने आफैले फिल्म निर्माण गर्ने तयारी पनि गरेका छन् ।

 

यस्तै अर्का अभिनेता मुकेश ढकाल पनि हिट र फ्लप हुन नसकेका कलाकार हुन् । थुप्रै फिल्मका अभिनय गरेका मुकेशका थोरै फिल्म व्यवसायिक रूपमा सफल छन् भने अधिकांश असफल छन् । अर्का अभिनेता सुमन सिंह फ्लप फिल्मका हिरोको लिस्टमा परेपनि व्यस्तताको हिसाबले अग्रपंक्तिमा पर्छन् । अहिलेसम्म कुनै फिल्म सुपरहिट दिन नसकेका सुमनका केहि फिल्म व्यवसायिक रूपले मध्यम छन् ।