
यतिखेर नेपाली फिल्म क्षेत्रको अवस्था केही आशा लाग्दो छ । केही फिल्महरु चल्न थालेका छन् भने प्रविधिको प्रभावसँगै फिल्म क्षेत्र केही सकारात्मक बाटोमा अगाडी बढिरहेको छ । जतिखेर फिल्म चल्छन् त्यतीखेर फिल्म क्षेत्र पनि आशावादी बन्छ । फिल्म क्षेत्रको कर्मसँग धेरै पक्ष जोडिएपनि विकासको मूल रुप भनेको फिल्म चल्नुमै देखिन्छ ।
जतिखेर फिल्म सफल मानिन्छन् त्यतीखेर यो कर्मसँग जोडिएका सबै व्यक्तिहरु सफल बन्दै जान्छन् भन्ने चरणमा भने नेपाली चलचित्रकर्म केही सकारात्मक धारमा जान फिल्म चल्नु पनि पर्दछ । फिल्मको राम्रो व्यापारले सबै फिल्मकर्मीमा उत्साह दिन्छ । त्यसैले राम्रा भन्दा पनि उत्कृष्ट फिल्म बन्नुपर्छ । राम्रा प्रदर्शन भवन हुनु पर्दछ र देशको आकर्षण थपिँदै जानुपर्छ भन्ने कुरालाई सबै फिल्मकर्मीले जोड दिनुपर्छ ।
फिल्मकर्मसँग निर्माण, वितरण र प्रदर्शन जोडिएको हुन्छ । यी तीनवटै पक्ष जतिबेलासम्म सबल बन्न सक्तैनन् तबसम्म फिल्म क्षेत्र सही दिशामा अगाडी बढ्न सक्दैन । र, यो क्षेत्रको मुख्य कडी भनेकै निर्माण, वितरण र प्रदर्शन सकारात्मक तरिकाले अगाडी बढ्नु हो । अथवा यी तीन मध्ये कुनै एक कमजोर हुन पुग्यो भने फिल्म क्षेत्रलाई पुरै असर पर्ने भएकाले निर्माण, बितरण र प्रदर्शन सबल बन्नुपर्छ । व्यक्तिले यो व्यवस्थालाई कसरी सञ्चालन गर्छ भन्ने कुरा नै प्रमुख हो ।
जतिखेर निर्माणको गति रोकिन्छ अथवा निर्माण भएका फिल्मलाई बितरणमा राम्ररी लैजान सकिंदैन अथवा निर्माण र बितरण सही किसिमले हुँदाहुँदै पनि प्रदर्शनको व्यवस्था राम्रो हुँदैन त्यतीखेर फिल्म क्षेत्रलाई नकारात्मक प्रभाव पार्न जान्छ । यसैले यी तीनै पक्षलाई कसरी सबल बनाउने भन्ने कुरा नै फिल्म क्षेत्रको सोचनिय कुरा हो । जसका लागि फिल्मसँग जोडिएका व्यक्ती र संस्थाका प्रतिनिधिका बिचमा एकता हुन जरुरी छ । व्यक्ति व्यक्तिको प्रतिस्प्रर्धा र हानथापले व्यवसायलाई प्रभाव पार्न थाल्यो भने त्यसको सन्देश राम्रो हुने छैन । त्यसैले फिल्म कर्मसँग जोडिएका सबै एकतामा बाँधिन जरुरी छ ।
फिल्म व्यवसायलाई वर्तमान अवस्थाबाट अझै माथि उठाउन पर्ने आवश्यक छ । यसको निमित्त संस्था, व्यक्ति, व्यवसायी, पत्रकार, दर्शक वा फिल्म निर्माणसँग जोडिने सबै कर्मीको होस्टेमा हैंसे आवश्यक छ । फिल्म व्यवसाय यस्तो हो जुन आर्थिक नाफा मुनाफा वा घाटाको भन्दा पनि नेपाली कला संस्कृतिको पनि विषय वा प्रसंग जोडिएको हुन्छ । फिल्म प्रदर्शनको व्यवसायमा अथवा फिल्म निर्माणमा देशको राजनीतिक अवस्थादेखि सामाजिक अवस्था, साँस्कृतिक अवस्था वा कलाको अवस्था के कस्तो छ भन्ने जान्नका लागि सम्पूर्ण विश्वले फिल्मलाई पनि आधार मान्ने हुँदा सबै पक्ष सबल हुन सकेन भन्ने त्यसले पक्कै पनि नकारात्मक प्रभाव पार्छ । सँगै सम्पूर्ण फिल्मकर्मीको गाँस, बास र कपास यही कर्मसँग जोडिएको छ ।
फिल्म क्षेत्रको समृद्धिमा नै सबै अर्थ लुकेको छ, यसैले सबै फिल्मकर्मी एकताबद्ध भई हातेमालो गर्न आवश्यक छ । निर्माण, बितरण, र प्रदर्शनले फिल्म व्यवसायलाई डोर्याउँछ । एक पक्ष कमजोर हँदा अर्को पक्ष प्रभावित हुने मात्र होइन की समग्र फिल्म क्षेत्र नै अनिश्चित भविष्यमा लम्किन्छ । यसैले निर्माण बितरण र प्रदर्शनलाई व्यक्तीको सोचबाट माथि उठाएर संस्थागत सोच बनाउन जरुरी छ भने संस्थागत सोच निर्माणका लागि व्यक्ति व्यक्ति मिलेर संस्था बन्ने भएकोले व्यक्तिगत लाभ तथा हानीलाई छाडेर संस्थागत विकासका लागि सबै क्रियाशिल रहेर लाग्न सक्यौं भने मात्रै फिल्म क्षेत्रले सही अर्थ राख्ने हुँदा सम्पूर्ण फिल्मकर्मीलाई अनि निर्माण, बितरण र प्रदर्शनमा जोडिएका आम व्यक्ति वा संस्थाहरुलाई एकताबद्ध भई हातेमालो गर्नु नै सम्पूर्ण फिल्म क्षेत्रको विकास र विस्तारका लागि अथवा भविष्यमा फिल्म क्षेत्रलाई समृद्ध बनाउनका लागि स्वर्थ लुुक्नु जरुरी छ ।