दुई हजार सत्तरी सालमा लगभग सयजति फिल्महरु प्रदर्शनमा आए । गत वर्षको तुलनामा यो संख्या कमै हो । तरपनि जति प्रदर्शनमा आए त्यसमध्ये चार वटा चलचित्रले मात्र नाफा कमाउन सफल भए । तर सत्तरी सालको अन्त्यतिर लागेको ‘नाइँ नभन्नु ल २’ले आक्रामक व्यापार गर्न सफल भएको छ । सँगै लागेको अर्को फिल्म ‘मनले मनलाई छुन्छ’ ले पनि हेर्ने जति सबै दर्शकको मन छोयो । तर ‘नाइँ नभन्नु ल २’ को प्रचारका अघि ‘मनले मनलाई छुन्छ’ ओझेलमा परेको छ ।
१३ बर्षीय फुच्चे गायक प्रेम तीन वर्षअघिसम्म धादिङको मलेखुको सडकमा गीत गाउँदै हिँड्थे। स्कुलबाट भागीभागी बाटामा भेटेजतिलाई गीत सुनाउँथे। गीत सुनाइसकेपछि सय-पचास रुपियाँ हात पथ्र्यो। तर, यो तीन वर्षको बीचमा उनको स्वर विश्वभर रहेका धेरै नेपालीको कानमा गुन्जिसकेको छ। गीत गाउनकै लागि उनी कतार, हङ्कङ् र कोरिया पुगिसकेका छन्। एउटा गरिब परिवारमा जन्मिएका किशोर एकाएक ‘स्टार’ बनेका छन्।
विदेश गएर पैसा फलाउन चाहने निम्नमध्यम वर्गीय आकांक्षालाई 'झोले'ले सम्बोधन गर्छ। 'झोला' चाहिँ सय वर्षअघिको नेपालले भोगेको सती प्रथामा आधारित छ। तर, सय वर्षको फरक भए पनि दुवै फिल्म हेर्दा लाग्छ, नेपालीहरु उतिकै संघर्षरत् छन् र संघर्षको स्तरमा पनि वृद्धि भएको छैन।
निर्देशकको अभिव्यक्तिको माध्यम हो फिल्म। तर, विडम्बना धेरैजसो फिल्ममा निर्देशकको अभिव्यक्ति ओठमै सीमित हुन्छ। त्यस्तो अवस्थामा फिल्मले दर्शकसँग कि त संवाद नै गर्दैन, गरे पनि एकतर्फी मात्र। 'मोक्ष' फिल्मले चाहिँ दर्शकसँग दुईतर्फी संवाद गर्छ। किनभने निर्देशक प्रवीण श्रेष्ठले 'मोक्ष'लाई ओठको मात्र होइन आत्मा र हृदयदेखिकै अभिव्यक्ति साबित गरिदिएका छन्।
सलमान खानलाई बलिउड बक्स अफिसका 'किङ' भनिन्छ । सलमान हुन् वा आमिर वा अरू कुनै— खानसँग प्रतिस्पर्धा गर्दा सबैको सातो जान्छ । हिन्दी फिल्मको लामो राज्यपछि नेपालमा '६ एकान ६' ले केही दिन सत्ता कब्जा गर्यो । शासन दह्रै जमिरहेका बेला गतसाता भेटिएका निर्माता दीपकराज गिरीले पसिना पुछ्दै मसँग भनेका थिए— 'जति चले पनि के गर्नु, खानको फिल्म आउँदैछ । त्यसमा पनि सलमान खानको । आफ्नो त जति दौडिन्छ, त्यसअघि मात्र हो ।'