बिजोर अंकलाई समाज शुभ मान्दैन । संयोगवश, विजोर अंकको वर्ष ०६९ घरेलु फिल्मलाई फापेन । जोर अंकको ७० साल आइपुग्यो तर नयाँवर्षको पूर्वसन्ध्यासम्म पनि फिल्मका शुभ संकेत देखिएका छैनन् । फिल्मको रिल घुमेको घुम्यै छ तर एक्सन छैन, एक्टिविटी मात्र । फिल्म निर्माणको पांग्रोमा गति छ तर गतित्व छैन । यसर्थ बितेको वर्ष बिर्सनलायक रहेन । यसकारण वर्ष २०७० मा नेपाली फिल्म वस्तुगत र विषयगत ढाँचामा कस्तो हुनेछ भनेर चर्चा गर्नु यहाँ सान्दर्भिक हुनेछ ।
नेपालको चलचित्र इतिहासमा पहिलोपल्ट २००६ साल मंसिर २७ गते नेपालका सर्वसाधारणका लागि पनि चलचित्र घर खुल्यो । सो चलचित्र घरको नाम ‘काठमाडौं सिनेमा’ राखियो ।
नेपाली चलचित्रले के-कस्ता कालखण्ड पूरा गरेर आज यो अवस्थामा आएको छ त भन्ने जिज्ञासा मेट्न फिल्मीखबरले आजका दिनबाट यसको इतिहास पल्टाउने जमर्को गरेको छ । बिभिन्न व्यक्तिहरूका भनाई र केहि लेखहरूलाई आधार मानेर मासिक पत्रिका 'ग्ल्यामर प्लस'का सम्पादक राजाराम फुयाँलले नेपाली चलचित्रको इतिहास तयार पारेका छन् ।
एउटा साहित्यिक कृतिमा फिल्म बनाईंदा साहित्यकारको दायित्व कृति प्रकाशनसम्म मात्र रहन्छ भने त्यसपछिको दायित्व निर्देशकमाथि आईपर्छ । र, यसमा निर्देशकलाई कृतिको मर्ममाथि चोट नपुग्ने गरी आफ्नै सोच अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ । यो स्वतन्त्रतालाई “शिरिषको फूल”मा प्रयोग गर्ने प्रयास गरिएको छ ।
हामी सोच्ने गछौं चलचित्र कस्तो छ ट्रेलरले संकेत गर्छ । तर, छड्के हेरेपनि मैले बुझेको कुरा, ‘फिल्ममा जे छ पुरै ट्रेलरमै छ, ट्रेलरमा जे छ त्यो भन्दा बढी फिल्ममा छैन ।’