
पहिले एक समय थियो जुनबेला नेपाली चलचित्रले १०० दिन मनायो, ५१ दिन मनायो रे भनेर सुन्न पाइन्थ्यो । तर, आजभोली रिलिज भएका चलचित्रहरु कतिखेर बन्यो कतिखेर चल्यो र कतिखेर उत्रियो थाहा नै हुंदैन । यस्तो सुन्दा हामी जस्ता नेपाली दर्शक स्रोतालाई हाँसो उठ्नु स्वाभाविक नै हो ।

जसरी एउटा बलियो घर निर्माणका लागि त्यसको जग बलियो हुनु अत्यावश्यक हुन्छ, त्यस्तै समाजमा उदाहरणीय परिवार हुनका निम्ति त्यस घरको मूली राम्रो हुनु जरुरी छ । ठीक त्यसैगरी एउटा राम्रो चलचित्र बन्नका लागि राम्रो निर्देशकको जरुरी पर्छ ।

मेष राशि भएका व्यक्तिहरू धेरै जसो सिंह राशि प्रति आकर्षित देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ ।

शुक्रवारे साइतबाट फिल्म रिलिज हुने र साता दिन नवित्दै उत्रने समाचारले फिल्म निर्मातालाई मात्र होइन दर्शकलाई पनि निराश बनाइरहेको छ । फिल्म रिलिज र त्यसको विजनेसले सन्तुष्ट नहुने समयमा पनि फिल्म भित्रका केही परिवर्तनका संकेतले धेरैलाई खुशी पनि तुल्याउँछ ।

फिल्मको धन्दामा मन्दी छाएको छ । ‘लुट’ले लुट्नु, ‘चपली हाइट’ले उचाइ नाप्नु र ‘सायद’ सफल हुनु अपवाद हुन् । यो एक वर्षमा सयको हाराहारीमा फिल्म फ्लप हुँदा झन्डै ५० करोड रुपैयाँ फिल्मको धन्दामा डुबेको छ । तर, फिल्म निर्माणको धन्दा कम भएको छैन । यही अवस्थामा फिल्म ‘धन्दा’ हलमा लागेको छ । नेपाली फिल्मका लागि अप्रिय दृष्यसँगै खुलेको अग्रेजी नयाँ वर्षको पर्दा अन्त्यमा पनि उस्तै हालतमा बन्द हुने स्थितिलाई यसले जोगाउन सक्ला कि !