मिति : २०८१ चैत्र २०, बुधवार
Akash Adhikari
( Producer, Director, Actor )

राजधानीबाट राम्रै प्रतिक्रिया पाएको चलचित्र 'काठमाण्डू' ले बुटवलमा पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । बुटवलको मिलन हलमा शुक्रबारबाट प्रदर्शनमा आएको सो चलचित्रले सोचे भन्दा राम्रो कलेक्सन गरेको हल म्यानेजर कमल पाठकले जानकारी गराए ।

गत माघ २० गतेबाट काठमाण्डौ उपत्यकामा प्रदर्शनको सुरुवात गरेको चलचित्र 'काठमान्डू' यहि फाल्गुन २६ गतेबाट नेपालगंजको बागेश्वरी चलचित्र भवनमा सफलताको साथ भव्य प्रर्दशन भैरहेको छ ।

पोखराको विद्यार्थी पुस्ता र अभिभावकहरुले अहिले चलचित्र ‘काठमाण्डू’ को चर्चा दिल खोलेर गर्न थालेका छन् । आकाश अधिकारी निर्देशित नेपाली कथानक चलचित्र ‘काठमाण्डू’ को चर्चा पोखरामा चुलिनुको कारण यसले बोकेको कथा हो ।

दोस्रो सातामा मल्टिप्लेक्स हलहरूमा प्रदर्शन भईरहेको चलचित्र 'काठमाण्डू' लाई नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले चलचित्र हेर्न सुझाएका छन् ।

ब्यापक पब्लीसिटीको योजना अनुरुप चलचित्र काठमाण्डूले पहिलो दिनको शोमा दर्शकलाई हल सम्म तान्न सफल भएको छ ।
ओपनिङ राम्रो भएपछी क्यूएफएक्स च्यानल अर्न्तगतका सेन्ट्रल र कुमारीमा सिनेमा घरमा थप एक शो बढाईएको छ ।