1. फिल्मी जिवनको सुरुवात कहिले बाट भयो ?
- १५ वर्षको उमेरमा 'कान्छि' नामक चलचित्रबाट बालकलाकारको भुमिका मार्फत ।
2. अहिले सम्म कतिओटा चलचित्रमा अभिनय गर्नुभयो ?
- गिरफ्तार समेत गरेर ५४ ओटामा ।
3. आफ्ना पाच ओटा सफल चलचित्रको नाम लिनुपर्दा ?
- कान्छिलाई त म विर्सन सक्दिन । जुन आफैमा सुपरहिट थियो। त्यो बाहेक भाग्यरेखा, तिलहरी, झुमा, देउकी पनि निकै सफल भएका चलचित्र हुन् ।
4. आफ्नो पछिल्लो चलचित्र गिरफ्तारको बारेमा के भन्नुहुन्छ ?
- निकै नै सफल रहयो । जसको कथाबस्तु आफैमा राम्रो थियो। यस्तो सिनेमा नेपाली चलचित्र वजारमा अहिलेसम्म बनेको थिएन ।
5. गिरफ्तारमा मौसमीको अभिनयले दर्शकलाई गिरफ्तार गरेकै हो त ?
- ११ वर्षको विश्राम पछि म पुन: आए, जुन आफैमा ठुलो सफलता थियो ।
6. अहिलेको चलचित्र वजारमा सबैभन्दा हिट नायिका कसलाई मान्नुहुन्छ ?
- फिल्म चलेको र अवार्ड पाएको हिसावले रेखा थापा र झरना थापा ।
7. मनपर्ने नायक नि ?
- राजेश हमाल ।
8. व्यस्तताको जीवनबाट मिलेको फुर्सदको समयमा के गर्नुहुन्छ ?
- घरमा मेरो मुवा र दुई छोराहरुसंग बसेर रमाईलो गर्छु । मलाई पार्टी, रेष्टुरेन्ट जाने रहर छैन, त्यसैले फुर्सदको समय घरमै बित्छ ।
9. कुन कामबाट बढी मनोरञ्जन लिनुहुन्छ ?
- मलाई घरमै बसेर मिठा-मिठा परिकार बनाएर खादा र खुवाउदैमा निकै रमाईलो लाग्छ ।
10. सेक्सलाई कसरी लिनुभएको छ ?
- यो प्राकृतिक प्रकृया हो । मेरो बालविवाह भएकाले सेक्सको बारेमा खासै बुझ्न र सुन्न पाईन । तर यति ठोकुवाका साथ भन्न सक्छु विना शारिरिक सम्पर्क पनि बाच्न सकिन्छ । तर यसबारेमा कुण्ठित भएर वस्नुभन्दा ओपन र सुरक्षित हुनु आवाश्यक छ ।