
अभिनेता सौगात मल्ल, शनिबार सम्पन्न कामना फिल्म अवार्डका उत्कृष्ट अभिनेता । बर्ष २०७२ को उत्कृष्ट अभिनेता घोषित हुँदा उनि कार्यक्रममा उपस्थित थिएनन्, उनको अवार्ड अभिनेत्री नम्रता श्रेष्ठले थापिन् ।
नम्रताले सौगातको अवार्ड थाप्दैगर्दा उनिहरुको सम्बन्धको बारेमा केहि गसिप पनि बने । यो बिषयमा सौगातसँग जिज्ञाशा राख्दा उनले खुलेर जवाफ फर्काएका छन् कि, 'छड्के फिल्मदेखि नै उनिहरु नजिकको साथी छन् । छड्के फिल्ममा सौगात र नम्रताले स्कृन सेयर गरेका थिए ।
नम्रता मिल्ने साथी हो, हामी नियमित 'कन्ट्याक' मा पनि हुन्छौं औपचारिक तथा अनौपचारिक कुराकानीमा सौगातले सुनाए ।
अर्को प्रसंगमा सौगातले अवार्ड पाएको भन्ने कुरा भोलीपल्ट मात्र आफुलाई थाहा भएको बताएका छन् ।
अवार्ड पाउँदा थप जिम्मेवारी बढ्ने तर्क राख्ने सौगातले अवार्ड र सम्मानले थप राम्रो काममा अघि बढ्न प्रेरित गर्ने बताए । सौगातसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत छ ।