अहिले केहि समय यता व्यस्त हुन थालेकी नायिका गरिमा पन्तसँगको यो ठट्यौली कुराकानी -
नम्बर एक नायक–नायिका?
– यो र ऊ नभनौँ, एउटालाई भन्यो भने अर्को रिसाउँछन्। त्यसैले सबै नम्बर वान।
गरिमा सुन्दर नायिका हुन्?
– आफ्नो बखान आफैं कसरी गरूँ?
साथमा कहिले नछुट्ने दुई चिज?
– पर्स र मोबाइल सेट।
पर्समा कति छ पैसा?
– त्यति हुँदैन। त्यस्तै एक हजार जति होला।
अविवाहित हुनुको फाइदा?
– स्वतन्त्र भइन्छ। कसैको दबाबमा जीवन बिताउनुपर्दैन।
गइरहने दुई मन्दिर?
– पशुपति र बंगलामुखी।
काठमाडौंमा दिक्क लाग्ने कुरा?
– लेडिजले वाइक कुदाउँदा केटाहरूले पेल्ने, फोहोर अनि जाम र कोलाहल।
सपनामा कुनै केटाले म तिमीलाई बिहे गर्न पाइनँ भने झुन्डिएर मर्छु भन्यो भने?
– त्यो केटालाई भनिदिन्छु मसँग विवाह गर्न आँट गर्नेले सपनामा होइन विपनामा नै आउने आँट गर्नुपर्यो ।
तपाईं अविवाहित अनि राजेश हमाल पनि अविवाहित। के छ त विचार?
– त्यस्तो केही छैन विचार। तपाईंले भनेजस्तो सम्भव छैन।
भगवानसँग केही कुरा सोध्न पाउनुभयो भने?
– यति धेरै भगवान् भएको यो मुलुकमा नै किन अधर्मीहरूको जमात धेरै।
गिरिजाप्रसाद कोइरालाको बारेमा तपाईंले थाहा पाएको कुरा?
– उहाँकी एउटी छोरी छिन्। सबैभन्दा बढी प्रधानमन्त्री बन्ने उहाँ नै हो र मुलुकमा शान्ति वहाल गर्न उहाँको योगदान छ।
मानौं नेपालमा कामुक युवतीहरूको प्रतिस्पर्धा भयो भने तपार्इंले कतिऔं पुरस्कार जित्नुहुन्थ्यो होला?
– पुरस्कार त कुरै छाड्नुहोस्। म त भाग लिन पनि लायक हुन्नथेँ। म भाग लिन लायकको कामुक कहाँ छु र?
मानौं एक सातापछि तपार्इंको मृत्यु हुँदै छ। बाँकी समयलाई कसरी सदुपयोग गर्नुहुन्थ्यो?
– के सदुपयोग गर्न पाउनु र? मर्ने दिन थाहा पाएपछि त झनै गलेर पहिले नै मरिन्छ होला।