मिति : २०८१ माघ १०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५१ औं दिन मनाउने संस्कारको म बिरोधी हुँ - निर्देशक सुरेशदर्पण पोखरेल

फिल्मीखबर , , २०६६ कार्त्तिक १९, बिहिवार

निखिल उप्रेतीको निर्माण तथा सुरेशदर्पण पोखरेलको निर्देशनमा बनेको चलचित्र 'निशाना' राजधानिको बिश्वज्योती र गुण हलमा पाचौं हप्तामा भव्यताका साथ प्रदर्शन भईरहेको छ । राजधानीको प्रदर्शनबाट आफ्नो लगानी उठाईसकेको चलचित्र 'निशाना' यहि कार्तिक २६ गतेबाट उपत्यका बाहिरका करिब ३० वटा हलहरूमा एकसाथ प्रदर्शन हुने भएको छ । आफूले पहिलो पटक निर्देशन गरेको चलचित्रबाट सफलता कमाएर हौसियका निर्देशक दर्पण अहिले २ वटा चलचित्र निर्माण गर्ने तयारीमा लागेका छन् भने उनकै निर्देशनमा 'भुल भएमाफ गर' र कस्लाई दिउँ यो जोवन'को छायाँकन सकिसकेको छ । यिनै निर्देशकसँग फिल्मीखबरले चलचित्र 'निशाना' को बारेमा गरेको यो छोटो कुराकानी -

 


'निशाना' बाट कति कमाउनु भयो ?
- काठमाण्डौको प्रदर्शन र भिसिडीबाट चलचित्रको लगानी उठिसकेको छ । अब २७ गतेबाट उपत्यका बाहिरका हलहरूमा प्रदर्शन हुँदै छ । त्यहाँबाट आएको रकम निशानाको मुनाफा हुनेछ ।

 

तपाईको चलचित्रले बिश्वज्योती हलको अहिलेसम्मको रेकर्ड तोडेको भन्ने सुन्नमा आएको छ नि ?

- तपाईंले ठिक सुन्नु भएछ । मेरो चलचित्रले बिश्वज्योती हलको ४० बर्षको रेकर्ड तोडेको छ । किन भने बिगतको ४० बर्षको ईतिहासमा बिश्वज्योतीहलमा कुनै पनि चलचित्रले एक दिनमा २ लाख ५८ हजार कमाएको रेकर्ड छैन तर त्यो रेकर्ड मेरो चलचित्रले राखेको छ ।


चलचित्र ५१ औं दिन मनाउने तयारीमा छ त ?

- म चलचित्रले ५१ औं दिन मनाउने संस्कारको म बिरोधी हुँ । त्यसैले मेरो चलचित्रले ५१ दिन मनाओस भन्ने पक्षमा म छैन । त्यसै पनि मेरो चलचित्रले ५१ औं दिनमा कमाउने पैसा ४ हप्तामा नै कमाईसकेको छ ।

 

५१ औं दिनको बिरोधी किन हुनुभयो त ?
- अहिले सम्म प्रदर्शन भएर ५१ औं दिन मनाएका चलचित्रहरू मध्ये अधिकांश चलचित्रले पैसा दिएर ५१ औं दिन मनाएका हुन् तर म हलवाललाई पैसा खुवाएर ५१ औं दिन मनाउने पक्षमा छैन ।


५१ औं दिनसम्म दर्शकको भिड देखिए पनि चलचित्रलाई ५१ दिन मनाउन नदिने ?
- दर्शकले ५१ दिन सम्म साथ दिए पनि मैले आफ्नो चलचित्रले ५१ दिन मनायो भनेर प्रचारप्रसार गर्दिन ।


किन ? पार्टी दिनु पर्छ र खर्च बढ्छ भनेर त हैन ?

- पार्टीसँग म डराएको हैन । मेरो त दिनदिनै पार्टी हुन्छ । मैले यो गलत संस्कारलाई प्रोत्साहन दिन नखोजेको मात्र हो ।

 

आफ्नो पहिलो चलचित्रले यसरी सफलता कमाउदा कस्तो लागि रहेको छ ?

- पहिलो चलचित्रले यसरी सफलता पाएकोमा मलाई करोडौं कमाएको जस्तो भएको छ र अर्को कुरा मेरो यो बर्षको ग्रहदशा बलियो पनि रहेछ भन्नु पर्‍यो ।