मिति : २०८१ माघ १०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 0.00/5.00)
Text size:-
+
-

संगीतलाई जीवनको रुपमा लिएकी छु - अन्जु पन्त

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ १०, बुधवार

नेपाली सांगीतिक क्षेत्रमा गायिका अन्जु पन्तले सफलताको शिखर चुमेकी छन् । अन्जु अहिलेकी सबैभन्दा व्यस्त र चर्चित गायिका हुन् । सात सयभन्दा बढी गीतमा स्वर दिएर गायन क्षेत्रमा आफ्नो सर्वोच्चता कायम गर्न सफल गायिका अन्जुले गायन क्षेत्रमा नै तेह्र वर्ष बिताइसकेकीछन् । तर यसरी एकाएक सफलता पाउनुलाई भने अन्जु अकल्पनीय एवम् सोच्दै नसोचेको सफलता भनेकी छन् ।

 

अहिले भने उनलाई आफ्नो सफलादेखि डर र खुशी बराबर लाग्छ रे । आफ्नो सफलता र स्टाण्डस्रलाई बचाइराख्न सक्छु की सक्दिनँ भन्ने मलाई डर लागेको छ अन्जुले भनिन् तै पनि अझ राम्रो गने सोच बनाएको छु । गायनको अलावा गीत सङ्गीतकै विषयवस्तुमा निर्माण हुने चलचित्रमा अभिनयका निम्ति अफर आए अभिनय गर्ने अन्जुले बताएकी छन् । गायक तथा सङगीतकार मनोज राजसँग वैवाहिक जीवन गाँसेर सङ्गीतको क्षेत्र र दाम्पत्य जीवनलाई एकैसाथ सफलतापूर्वक डोयाउँदै आएकी गायिका अन्जुसगँ गरिएको कुराकानी जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।

 

गीत/संगित क्षेत्रमा लागेको कति वर्ष भयो ?
-तेह्र वर्ष भयो ।

 

तपाईले पहिलोपटक गाएको गीत कुन हो ?

-मैले पहिलो पटक भजन गीत गाएकी हुँ । मनमा मनवा मन नै योगी बनौँ बोलको भजन नै मैले पहिलो पटक गाएकी थिए ।

 

तपाईको पहिलो एल्बम कुन हो ?
-मेरो कम्पन नै पहिलो एलबम हो ।

 

अहिलेसम्ममा तपाईले कति ओटा गीत गाउनु भएको छ याद छ ?
-छ-सात सय जति पुग्छ होला ।

 

आजभोली नेपाली सांगितिक क्षेत्रमा तपाईको एकलौटी राज छ नि, कस्तो लागिरहेको छ ?
-खुशी पनि लागेको छ डर पनि । यो अहिलेको मेरो उचाइलाई कायम राख्न सक्छु कि सक्दिन भन्ने कुरामा मलाई डर लागेको छ ।


जतीखेर गायन क्षेत्रलाई अंगाल्नु भयो त्यतिबेला अहिलेको सफलताको कल्पना गर्नु भएको थियो कि थिएन ?
-थिएन गीत गाउँने रुची थियो तर यसरी चर्चामा नै आउछुँ होला भन्ने त सोचेकी पनि थिएन ।



अब आफ्नो सफलतालाई कसरी कायम राख्ने सोच बनाउनु भएको छ ?
-आजभोली पनि म राम्रो गीत पस्कने कोशिसमा नै छु । अझै राम्रो गीत गाउँदै जाने र निरन्तरता दिइरहने छु ।

एक सफल गायिका हुँदाको अनुभव कस्तो हुँदोरहेछ त ?
- खुशी लाग्छ । बाटो हिड्दा भने अलि गाह्रो हुँदोरहेछ । सबैले चिन्न थाले त्यसैले खुशी र गाह्रो दुवै हुँदोरहेछ ।


तपाई पछिल्लो समयकी सबैभन्दा व्यस्त र चर्चित गायिका हुनुहुन्छ, आफ्नो व्यस्ततालाई कसरी मेन्टेन गर्दै आउनु भएको छ ?
-रेकर्डिङ र प्रोग्राम एकैदिन पर्यो भने चहि गाह्रो हुन्छ । तैपनि रेकर्डिङ सारेर पनि प्रोग्राम भ्याउनु पर्ने हुन्छ । गाह्रो त गाह्रै हुन्छ ।


यहाँसम्म आइपुग्दा संगीतलाई कसरी बुझ्नुभयो ?
-खास गरेर संगीतलाई बुझेर बुझ्न कहिल्यै सकिदैन । तैपनि मैले संगीतलाई जीवनको रुपमा लिएकी छु ।


यहाँसम्म आइपुग्नुलाई श्रेय चाहि कसलाई दिनुहुन्छ ?
-मेरो फुपु जानकी केसीलाई प्रेरणा मान्छु भने श्रेय चाहिँ चन्दनकुमार श्रेष्ठलाई दिन्छु ।


तपाईले संगीतको औपचारिक प्रशिक्षण पनि लिनुभयो ?
-मैले स्व. कृष्णमान डंगोलसँग ०५२/०५३ सालमा संगीत सम्बन्धी ट्रेनिङ लिएकी हुँ ।


यदि गायनमा नलागेकी भए नि ?
-अप्सन केहि पनि थिएन । सानैदेखि गीत संगीतमा रुची थियो ।


तपाईलाई कस्तो गीत गाउँदा आनन्द लाग्छ ?
-मेलोडियस गीत गाउन मलाई मन पर्छ । गजल पनि मलाई मनपर्छ । आनन्द त प्राय सबै किसिमको गीत गाउँदा आउँछ ।


आफैले गाएको मनपर्ने एउटा गीत रोज्नु पर्दा ?
-सबै राम्रो छ । काम गर्दै जादाँ सबै उस्तै लाग्छ । त्यसैले यही भन्न सक्दिन ।


गायनमा लागेपछि विदेश कहाँ-कहाँ घुम्नु भएको छ ?
-भारतमा र बहराइनमा कार्यक्रमको लागि पुगेकी छु । निकट समयमा नै मलेशिया जादैछु ।


आजभोलि चाहिँ के गर्दै हुनुहुन्छ ?
-चलचित्रका गीत र प्रोग्रामहरुमा व्यस्त छु । अनि आफ्नै डुएट एल्बम 'कोसेढुङ्गा' ल्याउने तयारीमा छु ।


'कोसेढुङ्गा' कस्तो एल्बम हो ?
-पीडादायिक र रोमान्टिक जस्ता गीतहरु कोसेढुङ्गामा समेटेकी छु । समग्रमा आधुनिक एल्बम नै हो ।


आजभोलि त गीत सुन्ने भन्दा पनि हेर्ने जमात बढ्दै छ नि ?
-म पनि समयको मागसँगै बग्दैछु । त्यसैले आफ्नो म्युजिक भिडियोमा मोडलिङ गर्ने सोच बनाएकी छु ।


सांगीतिक क्षेत्रमा त सफलता पाउनु भयो अभिनयमा रुची छ की छैन ?
-अहँ! मलाई अभिनयमा खासै रुची छैन ।


यदी अफर आयो भने ?
-गीत संगीतकै विषयवस्तुमा निर्माण गरिएका चलचित्रमा अफर आयो भने अभिनय पनि गर्छु ।


अलिकति प्रसंग बदलौ, मनोज राजसँग तपाइँको प्रेम बिहे हो ?
-हो । हामीले प्रेम बिहे गरेका हौँ ।


कति सालमा बिहे गर्नु भयो ?
-२०५८ सालमा


तपाईहरुको पहिलो भेट कहाँ भएको थियो ?
-मेरो गुरु बा स्व. कृष्णमान डंगोलको घरमा ।


पहिलो प्रेम प्रस्ताव कस्ले राख्यो ?
-मनोजले नै प्रेमको प्रस्ताव राख्नुभयो ।


कति समय प्रेमलाप चल्यो त ?
-हामीले प्रेम गर्न सुरुवात गरेको एक महिनामा नै बिहे गरेका हौँ ।


प्रेमबिहे गर्नुभयो, आजभोलि मनमुटाव हुन्छ कि हुदैँन ?
-मनमुटाव त भइरहन्छ । तर संगीतको विषयमा भने हुदैँन । सानो तिनो कुरामा मनमुटाव हुन्छ ।


जिन्दगीलाई कसरी बुझ्नु भएको छ?
-जिन्दगी एउटा भोगाइ हो। अरुले जसरी जिउँछन् त्यसैगरी जीउन चाहन्छु ।

अन्तमा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?

-यसैगरी सधैंभरि तपाईको माया पाईंराखु र म गायिका अन्जु पन्त भएर दर्शक स्रोताको मन जित्न सकिरहुँ ।