मिति : २०८१ माघ १०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो नामले चलचित्र चल्दैन - प्रशान्त तामाङ

फिल्मीखबर, , २०६७ कार्त्तिक ९, सोमवार

प्रशान्त तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको 'ईण्डियन आइडल २००७' मा विजयी हुने प्रथम नेपाली मूलका भारतीय नागरिक हुन् । दार्जीलिङको तुङ्सुङमा जन्मेका प्रशान्त ईण्डियन आइडल हुनुभन्दा अगाडी संगीत सम्बन्धी कुनै तालिम लिएका थिएनन् । भारतिय सेनाका जागिरे यि गायक चलचित्रको नायक समेत भएका छन् । नारायण रायमाझीले निर्देशन गरेको चलचित्र 'गोर्खा पल्टन' मार्फत आफ्नो फिल्मी क्यारियर शुरु गरेका प्रशान्तले 'अंगालो यो मायाको' र 'किन मायामा' नामक चलचित्रमा अभिनय गरिसकेका छन् । प्रस्तुत छ यिनै गायक तथा नायकसँग फिल्मीखबर डटकमले गरेको कुराकानी -

 

हिरो बन्न रहर लागेर गायकबाट नायक बन्नु भएको हो ?

रहर लागेर नायक भएको हैन । निर्देशक नारायण रायमाझी दाईले मलाई कथा सुनाउनु भयो र कथाबस्तु राम्रो लाग्यो अनि त्यो कथामा न्याय गर्न सक्छु भन्ने लागेर मैले अभिनय गर्ने निधो गरेको हुँ ।   

 

गायक, नायक र सिपाही मध्ये कुन पेशा गार्हो लाग्यो? 

शुरूमा जुन पेशा पनि गार्हो नै हुन्छ तर आफूले मन लगाएर, मेहनत गरेर गयो भने कुनै काम गार्हो लाग्दैन ।  

 

यी तीन पेशा मध्ये कुनै एकलाई रोज्नु परेमा कुन पेशा रोज्नु हुन्छ ?

अहिले सम्म मैले जति नाम कमाएको छु त्यो सब गायनबाट नै हो । त्यसैले मेरो पहिलो रोजाईको पेशा गायन नै हुन्छ । 

 

हिरो बन्छु जस्तो लागेको थियो ?

म हिरो भई सकेको छैन र पनि चलचित्रमा नायकको भुमिका निर्वाह गर्न पाउँछु भनेर मैले सोचेको पनि थिईन तर आज मलाई बिश्वास गरेर ३ वटा चलचित्रमा अभिनय गर्ने मौका दिनु भएको छ । त्यसको लागी म ति तीनै चलचित्रका निर्माण युनिट प्रति आभार व्यक्त गर्न चाहन्छु ।  

 

'गोर्खा पल्टन' कस्तो चलचित्र हो ?

दुई सय वर्ष इतिहास बोकेको गोर्खा फौजसँग सम्बन्धित छ 'गोर्खा पल्टन' । यस चलचित्रमा बेलायतमा कार्यरत तीन हजार पाँच सय ब्रिटिश गोर्खा सैनिकको जीवनमा आइपर्ने उतारचढावलाई वियोगान्तक रूपमा प्रस्तुत गरिएको छ ।

 

प्रशान्त तामाङको नामले चलचित्र चलाउन खोजेको त हैन ?


मेरो नामले चलचित्र चल्ने हैन । मैले राम्रो काम गर्न नसके पक्कै पनि मैले अभिनय गरेको चलचित्र सफल हुँदैन । 

 

चलचित्रमा तपाईलाई व्यापारिक प्रयोजनको लागी प्रयोग गरेको जस्तो त लाग्दैन ?

मैले त्यस्तो सोचेको छैन । मैले राम्रो अवसर पाएको छु र त्यो अवसरको सदुपयोग गर्ने कोसिस पनि गरेको छु ।

 

ईन्डियन आईडल लाखौं नेपालीबाट पाएको माया आज यो चलचित्रमा पुन: पाउने कत्तिको आश राख्नु भएको छ ?

ईन्डियन आईडल हुन जुन माया, हौसला मैले पाएको थिएँ त्यो माया, हौसला मैले यो चलचित्रमा पनि पाउने छु भन्ने ठूलो आश गरेको छु ।  मैले आफ्नो तर्फबाट राम्रो गर्न सक्दो कोसिस गरेको छु अब मेरो कामलाई मन पराइदिने या मन नपराईदिने त्यो दर्शकको हातमा ।