मिति : २०८१ चैत्र १६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1 - 6 of 22436
काठमाडौं, काठमाडौं, २०८१ चैत्र १६, शनिवार

अभिनेत्री तथा पूर्वमिस नेपाल (२०१७) निकिता चाण्डक यतिबेला बलिउडमा करिअर बनाउन संघर्ष गरिरहेकी छन् । उनको निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’बाट बलिउडमा प्रवेश पनि भइसकेको छ । यसमा रणवीर कपूर, आलिया भट्ट, विक्की कौशलजस्ता कलाकार छन् । गत साता उनले आफूले भन्सालीको प्रोजेक्टमा काम गरेको जानकारी गराएकी थिइन् ।

एजेन्सी, काठमाडौं, २०८१ चैत्र १५, शुक्रवार

भारतको पहिलो सुपरहिरो फिल्म ‘कृष’को अब चौंथो श्रृंखला निर्माण हुने भएको छ । बजेट जुटाउन समस्या भएपछि १२ वर्षदेखि बन्न नसकेको ‘कृष ४’मा यशराज कम्पनीले लगानी गर्ने भएपछि निर्माण प्रक्रिया अगाडि बढेको छ । अब फिल्मलाई यशराजका आदित्य चोपडा र राकेश रोशनले संयुक्त रुपमा निर्माण गर्नेछन् । यो फिल्मको बजेट भारु सात सय करोड अनुमान गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १५, शुक्रवार

अभिनेता हसनराजा खान ७ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । हालै अमेरिकामा छायांकन भएको फिल्म ‘वन अफ दि मिलियन्स’बाट उनले कमब्याक गरेका हुन् । ‘अलबिदा’बाट अभिनय करिअर सुरु गरेका उनी पछिल्लो पटक आफ्नै निर्माणमा बनेको फिल्म ‘रोमियो’मा देखिएका थिए, जुन २०७४ सालमा प्रदर्शन भएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १५, शुक्रवार

यस वर्षको सुपरहिट फिल्म बनिसकेको ‘अञ्जिला’की मुख्य कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा दर्शकसँग साक्षात्कार गर्न नेपाल आएकी छन् । व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी उनी शुक्रबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनलाई फिल्मका निर्देशक मिलन चाम्स र निर्माता प्रेमकुमार श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १५, शुक्रवार

लगातार फिल्मको सफलताले चर्चाको उत्कर्षमा रहेकी अभिनेत्री अञ्जना बराइलीको नयाँ फिल्म ‘डोरी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यस वर्ष रिलिज भएको यो उनको तेस्रो फिल्म हो । उनको गत कात्तिकमा ‘पूर्णबहादुरको सारङ्गी’ र जेठमा ‘पूजार सार्की’ रिलिज भएको थियो । यी दुवै फिल्म सफल भएकाले अब उनलाई ‘डोरी’बाट एकै वर्षमा हिटमा ‘ह्याट्रिक’ गर्ने अवसर छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १४, बिहिवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सदस्यमा ‘शुभ लभ’का निर्देशक सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । रिक्त रहेको दुई सदस्यमध्ये एक पदमा उनलाई तालुकवाला निकाय सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षका लागि नियुक्त गरेको हो । उनले सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङबाट बिहीबार नियुक्ति पत्र बुझेका छन् ।

Results : 1 - 6 of 22436