अभिनेत्री निश्मा घिमिरे र अभिनेता गजित बिष्टले आफूहरूलाई प्रेम गर्न लाज नलाग्ने बताएका छन् । आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको गीतमा यो जोडीले यस्तो प्रेमभाव पोखेको हो ।
मंसिर २६ गते रिलिज हुन लागेको यो फिल्मको प्रस्तुत गीतमा चन्द्रमणी भट्टराईको शब्द, डेनी निरौलाको संगीत तथा राजेश पायल राई र रजिना रिमालको स्वर रहेको छ भने करियोग्राफी गम्भिर बिष्टले गरेका हुन् ।