अभिनेत्री प्रियंका कार्की अहिले व्यस्त छिन् । उनको बर्षमा आधा दर्जन बढी फिल्म प्रदर्शनमा आउने पक्का छ । यो महिना मात्र उनको ३ वटा फिल्म लगातार हलमा लाग्नेछन् । दर्शकले प्रियंकाको कुन-कुन फिल्म हेर्ने हुन्, बक्स अफिसले नै बताउला ।
.jpg)
उनै प्रियंका आफू अभिनित फिल्मको कार्यक्रममा पनि समयमा पुग्दिनन् । बुधवार आयोजना भएको फिल्म 'माला'को प्रिमियरमा प्रियंकालाई कुर्दा कुर्दा उपस्थित अतिथी र पत्रकारले हैरानी भोगे ।
प्रियंका निर्धारित समय भन्दा करिब डेढ घन्टा ढिलो कार्यक्रममा देखिइन् । हुनत, प्रियंकालाई मेकअप र पहिरन लगाउन नै लामो समय लागेको देखिन्छ । तरपनि, एक अभिनेत्रीको कारणले अरुले दु:ख पाएको सायद उनले पनि बुझ्नु पर्ने हो ।
ढिलो आउने कलाकारको सूचीमा अभिनेत्री केकी अधिकारी पनि पर्छिन् । आज बिहीबार आयोजना भएको फिल्म 'भाग् सानी भाग्'को कार्यक्रममा पनि अभिनेत्री केकी अधिकारी एक घन्टा ढिलो आइपुगिन् ।
.jpg)
फिल्मको भूमिका जस्तै उनी भागेरै कार्यक्रममा आइन्, जसका कारणले पनि धेरैले उनको कारणले कुर्नु परेको बिर्सिए । उनी जति ढिलो कार्यक्रममा आईन् उती नै छिटो हलबाट बाहिरिईन् । यसले उनको व्यस्तताको झल्को दिन्छ ।
जति नै व्यस्त भएपनि एकजनाको ढिलाईले कार्यक्रममा आमन्त्रित थुप्रै व्यक्तिहरूको समय नस्ट भईरहेको हुन्छ । त्यसैले, आफ्नो व्यस्ततासँगै कार्यक्रमको महत्व र अरूको समयको बर्बादीलाई पनि हेर्ने हो कि !