अमेरिकामा रहेर कलाकारिता गरिरहेका नेपाली जसवन्त श्रेष्ठले सामाजिक सन्जाल फेसबुकको विज्ञापन खेल्ने मौका पाएका छन् । उनले फेसबुकले आफ्नै प्रवद्र्धनका लागि बनाएको विज्ञापनमा खेल्ने मौका पाएका हुन् । विज्ञापनमा उनलाई फेसबुकले कसरी मानिसलाई एक आपसमा जोडिन मद्धत गरिरहेको छ भन्ने देखाईएको छ ।
फेसबुक विज्ञापनको थिम 'दि फस्ट डेट' रहेको थियो ।उनको अभिनय रहेको सो विज्ञापन लाई ६ दिनमा ४ करोड १० लाख जनाले हेरेर अहिले सम्मकै धेरै जनाले हेरेको विज्ञापन हुन सफल भएको छ । हाल अमेरिकाको लस एन्जलसमा वसेर आफ्नो कलाकारितालाई अगाडि बढाईरहेका श्रेष्ठले यो खवरबाट आफु निकै उत्साही भएको र यो सख्या अझ धेरै वढ्न सक्ने वताए ।
उनले आफु यो स्थान सम्म आइपुग्नको लागी फेसवुकले खुलाएको अडिसन राउड वाट थुप्रै कलाकारहरुको माझ वाट विजयी भए पछि यो विज्ञापनमा खेल्ने अवसर पाएको र यस्तो विज्ञापन पहिलो चोटि नेपालीले खेलेको समेत बताए । फेसवुकले निर्माण गरेका यस भन्दा अगाडिका विज्ञापनहरु २ करोड सात लाख सम्मले हेरेको रेकर्ड छ । नेपालमा रहँदा जसवन्तले विभिन्न म्युजिक भिडियोहरु, डकुमेन्टीहरु, विभिन्न चलचित्रहरुमा समेत अभिनय तथा निर्देशन गरेका थिए ।
जसवन्त नेपालमा खिचिएको फिल्म ‘हाइवे टु धम्पुस’का निर्माता मध्येका एक हुन् । जसवन्तले यसअघि इन्डि फिल्म दि ट्रिजन, अर्बन रस जस्ता फिल्ममा अभिनय गरेका छन् । दि ट्रिजनबाट उनले केही अवार्ड समेत हात पारेका थिए ।