मिति : २०८१ आश्विन २२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

वलिउड स्टार सत्रुघन सिन्हा काठमाडौंमा

फिल्मीखबर, काठमाडौं, 2016/09/06
 
वलिउड स्टार अभिनेता तथा पार्लिमेन्न्ट संसद सत्रुघन सिन्हा काठमाडौं आईपुगेका छन् । बुधबार हुन लागेको एलजी फिल्म अवार्डमा सहभागी हुन सिन्हा काठमाडौं आएका हुन् । 
 
 
सिजी ग्रुपको पहलमा सिन्हालाई काठमाडौं भित्र्याएको हो । निर्माता निर्देशक तथा एलजी फिल्म अवार्ड आयोजक समिति अध्यक्ष दिनेश डिसीले सिन्हालाई त्रिभुवन विमानस्थलमा स्वागत गरे । 
 
 
विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपस्थित हुँदै सिन्हाले नेपाल र नेपालीको तारिफ गरे । धेरै बर्ष पहिले आएको देश पुनः आउन पाउँदा खुशी लागेको बोल्दै सिन्हाले नेपाली कलाकार र फिल्म उद्योगको बारेमा पनि आफु नजिकबाट अपडेट रहेको बोले । 
 
कलाकारिता तथा राजनीति दुबै क्षेत्रमा सकृय सिन्हाले बुधबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तथा दिउँसो फिल्म अवार्डमा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्  । अवार्ड समारोहमा सिन्हाको बायोग्राफीकल बुक पनि सार्वजनिक गर्ने कार्यक्रम छ ।
 

तश्विरः रमेश पोख्रेल