
युवा स्टार अनमोल केसीले फिल्म 'ड्रिम्स'बाट पछिल्लो बर्षको सर्वाधिक पपुलर अभिनेताको अवार्ड दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डमा पाएका छन् । चलचित्र प्राविधिक संघको आयोजनामा सम्पन्न अवार्ड समारोहमा अनमोल भने उपस्थित भएनन् ।
यस्तै बर्ष २०७२ को पपुलर अभिनेत्रीको अवार्ड पूजा शर्माले पाएकी छिन् । मनोनयनमा परेका प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ लगायतलाई पछि पार्दै पूजाको कोल्टामा पपुलर अभिनेत्रीको अवार्ड पर्यो ।
पछिल्लो बर्ष रिलिज फिल्म 'प्रेमगीत'ले पूजालाई चर्चामा ल्याएको थियो । पूजाको नाम पपुलर अभिनेत्रीमा घोषणा हुँदा उपस्थित दर्शकले ताली र सिट्ठी बजाएका थिए । उत्कृष्ट अभिनेत्रीको मनोनयनमा समेत परेकी पूजाले यसअघि केहि महिना पहिले पनि युएईमा सम्पन्न एक अवार्ड समारोहमा चर्चित अभिनेत्रीको अवार्ड पाएकी थिईन् ।
स्टारपावर बोकेका अनमोलको 'ड्रिम्स'ले गत बर्ष सर्वादिक कलेक्शनको रेकर्ड राख्यो अनि पहिलो फिल्मबाट नै निर्देशनमा डेब्यू गरेका अनमोल पीता भुवन केसीलाई समेत निर्देशनमा समेत लाईमलाईटमा ल्यायो भने सुदर्शन थापा निर्देशित 'प्रेमगीत' सांगीततिक रुपमा अनि प्रस्तुतीका कारण सशक्त बन्दा पूजासँगै अभिनेता प्रदिप खड्कालाई चर्चामा ल्याएको फिल्म थियो ।
जुरीको निर्णय भन्दा पनि बर्षको चर्चित अनुहारलाई प्रावधिक संघको तर्फबाट पपुलर अवार्ड प्रदान गरिएको हो । १ सय बढि फिल्मकर्मी तथा सञ्चारकर्मीको सहभागीता रहेको नेफ्टाको दुबई संस्करण शुक्रबार सम्पन्न भएको थियो ।