सुन्दा अचम्म लाग्ला तर सत्य यो छ कि, वलिउड अभिनेता रणविर कपुर र अभिनेत्री कट्रिना कपुरको रोमान्स बिक्रीमा छ । तर रियल रोमान्स भने होईन् । गत बर्ष ब्रेकअप भएको यो प्रेमिल जोडीले एकसाथ स्कृन सेयर गरेको फिल्म 'जग्गा जासुस' बिक्रीमा रहेको समाचार बाहिरिएको छ ।
भारतको एक पपुलर दैनिक पत्रिकाले लेखेको समाचारलाई आधार मान्ने हो भने यो फिल्मलाई सम्बन्धित निर्माताले १ सय ३० करोडमा सबै अधिकार सहित बिक्रीको मनस्थिती बनाएका छन् । फिल्मका एक निर्माता भने अभिनेता रणविर नै हुन् ।
समाचार श्रोतका अनुसार पटक पटक रिलिज तय हुँदै सरेको फिल्मको अप्रिललाई तोकेको रिलिज पनि सरेर संभावित मिति जुलाई बनाईएको छ । तर त्यो मितिमा पनि फिल्म आउने निको छैन् ।
उता रणविर र कट्रिना बिग ब्यानरका अनि संभावना बोकेका फिल्ममा व्यस्त हुनु नै यो फिल्म रिलिजमा अन्यौलता थपिनु र बिक्रीको लागी अघि सारिनुको कारक मानिएको छ ।