मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवकलाकार उमेश र कविताको आफ्नै कथामा बोबी बन्दै

फिल्मीखबर, काठमाण्डौ, 2017/04/12
लगातार फिल्म बनाईरहने निर्देशक तथा निर्माता मिलन चाम्सले पुन: अर्को फिल्म घोषणा गरेका छन् । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै वास्तविक कथामा बन्ने गरी फिल्म 'बोबी' घोषणा भएको हो ।
 
हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज र 'ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले 'वीर बिक्रम २'को पनि घोषणा गरेका थिए । 'वीर बिक्रम २' घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपालमा छायांकन हुने चलचित्र 'बोबी' घोषणा गरेका हुन् । 
 
यो चलचित्रलाई चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईले निर्माण गर्नेछ । यि दुवै संस्था निर्देशक चाम्सका नै हुन् । हालै उनले बेलायतको सेरोफेरोमा काम गर्नेगरी लण्डन सिने आई प्रोडक्शन शुरु गरेका हुन् ।
 
 
'बोबी' नर्वेमा बस्दै आएको जोडीको वास्तविक कथामा बन्न लागेको हो । उमेश थापा र कविता गुरुङलाई निर्देशक चाम्सले भेटेर उनिहरुको वास्तविक कथा सुने पछी आफुले फिल्म बनाउन उत्साहित भएको बताएका छन् । यो चलचित्रमा उमेश र कविता नै प्रमूख कलाकार रहनेछन् ।
 
उमेश नर्वेका एक सफल इन्जिनियर हुन् । फिल्ममा उमेश र कविताको साथमा पाइलट विजय लामाको पनी अभिनय रहनेछ ।
आगामी जुन बाट नर्वे र नेपालको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन गरिनेछ ।