मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुटानी शरणार्थीको यथार्थ चित्रण, हेर्नुहोस् 'देश खोज्दै जाँदा'को मार्मिक गीत (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/16
फिल्म 'देश खोज्दै जाँदा'को मार्मिक गीत सार्वजनिक भएको छ । भुटानी शरणार्थीको कथामा बनेको यो फिल्म ‘देश खोज्दै जाँदा’को ‘छातीमा लागेको माटो त’बोलको गीत सार्वजनिक गरिएको हो । 
 
गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन् ।  गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन व्यक्त देखाउन खोजिएको छ । भिडियोमा कलाकारहरु रमेश बुढाथोकी, बाबु बोगटी लगायतलाई देख्न सकिन्छ । 
 
हेर्नुहोस् गीत:

 
यो फिल्मको कथा र निर्देशन साहित्यकार समेत रहेका प्रकाश आङदेम्बेले गरेका हुन् । कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन् । सामतेन भुटियाले प्रकाशलाई निर्देशनमा सहयोग गरेका छन्  ।