सोर्सको खबरलाई आधार मान्ने हो भने बलीउडस्टार गोविन्दालाई नयाँ फिल्ममा एक नेगेटिभ होमोसेक्सुअलको भूमिका निर्वाहा गरेको देख्न पाइने लगभग फाइनल भएको छ । जब मेकर्सले गोविन्दासँग 'गे' को रोलका लागि अप्रोच गरे, तब उनले पूरा स्क्रिप्ट पढे र उनलाई खुबै मन पनि पर्यो । स्क्रिप्ट अध्ययन गरेपछि उनले तुरुन्त फिल्म साइन गरेको खबर छ ।
बताइदिउँ, पछिल्लो पटक गोविन्दलाई 'आ गया हीरो' मा देखिएको थियो, जो बक्स अफिसमा नराम्रोसँग पछारियो । एकपछि अर्को फिल्म बक्सअफिसमा पछारिँदै गएपछि यति बेला गोविन्दा च्यालेन्जिङ्ग रोल गर्न चाहिरहेका छन्, जसले खस्किदै गएको आफ्नो मार्केट माथी उठ्न सकोस् ।