साउथका सुपरस्टार रजनीकान्त एक यस्ता हिरो हुन्, जसलाई साउथमा भगवानको रुपमा पुज्ने गरिन्छ । यही उपाधि अब 'बाहुबली' का प्रभासलाई दिन लागिएको छ । शुक्रवारबाट 'बाहुबली २' रिलिज भयो र प्रभासको स्वागत रजनीकान्त जसरी नै उनका फ्यानहरुले गरेका छन् ।
हैदराबादमा प्रभासका फ्यानहरुले उनकी तस्वीरमा दूध चढाएका छन् । साथै उनको ४० फिट लामो फोटो बनाइएको छ र त्यसमा फूलको हार लगाइएको छ । फ्यानहरुले प्रभासको 'बाहुबली २' को रिलिजलाई लिएर धुमधमकाका साथ पटका पनि जलाए ।
'बाहुबली-द कन्क्लूजन' लाई लिएर दर्शकहरु बीच उत्सुकता बढेको छ । हालैमा अहमदाबादको 'राजवाडु' भोजनालयका मालिकले 'बाहुबली' को विरासत जस्तो एक भव्य 'बाहुबली थाली' लञ्च गरेर यो फिल्मलाई सम्मानित गरेका थिए । दक्षिणमा 'बाहुबली' लाई सम्मानित गरेर एक कलेज 'बाहुबली' नामबाट पनि सुरु भैसकेको छ ।
त्यस्तै, कयौं व्यवसायीहरुले बाहुबलीु बाट प्रेरित भएर र बाहुबलीु विषयलाई ध्यानमा राखेर अनेकौं चिजहरु बनाउन सुरु गरेका छन् । चकलेट ब्रान्डले 'बाहुबली' को नाममा लिमिटेड एडिशन प्याक लञ्च गरेको छ । त्यस्तै, 'बाहुबली' को नामबाट मोवाइनल फोन समेत लञ्च भैसकेको छ । प्रभासले 'बाहुबली २' का लागि आफ्नो वजन ३० किलो बढाएर १ सय ५० किलो बनाएका थिए ।