मिति : २०८१ कार्त्तिक १७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहे अगाडी नै पिता बनेका थिए ज्याकी च्यान

एजेन्सी, काठमाण्डौ, 2017/05/01
हलीउड अभिनेता तथा कुंगफू मास्टर ज्याकी च्यान पूरा दुनियाँमा चर्चित छन् ।  ज्याकी च्यान मात्र एक्टर र स्टन्टम्यान होइनन् डायरेक्टर, प्रोड्यूसर, स्क्रीनराइटर, एक्शन कोरियोग्राफर, सिंगर, स्टन्ट डायरेक्टर, स्टन्ट परफर्मर पनि हुन् । 
 
ज्याकी च्यानलाई लिएर हालैमा एक खबर बाहिर आएको छ । चिनियाँ रिपोर्ट्सको खबरलाई आधार मान्ने हो उनले सबैको विपक्षमा गएर जोअन लिनसँग विवाह गरेका थिए । खासमा, उनकी पत्नी जोअन लिन विवाह अगाडि नै गर्भवती भएकी थिइन्, त्यसपछि उनलाई विवाह गर्न करै लाग्यो । 
 
समाचार वेबसाइट एशियाले ज्याकी च्यानको खबरलाई आधार मान्दै लेखेको छ, 'पहिलो सन्तान आउनु एक्सिडेन्ट थियो । मैले कहिँले पनि विवाहको बारेमा सोचेको थिइन् । मलाई महशुस भयो कि मैले दबावमा विवाह गर्दैछु ।' चिनियाँ मिडियाका अनुसार, उनले यसको खुलासा भने सन् २०१५ मा एक अन्तर्वार्ताको क्रममा गरेका हुन् । उक्त अन्तर्वार्ता अहिले मिडियाहरुमा खुबै भाइरल बनिरहेको छ । 
 
 
अन्तर्वार्तामा ज्याकी च्यानले कयौं चकित बनाउने खुलासा पनि गरेका छन् । उनले भने, 'मेरो जवानीमा कयौं प्रमिकाहरु थिएँ । मैले लिनसँग त विवाह यस कारण गरेको थिएँ, किनकी प्रश्न मेरो बच्चामा थियो । मेरो र लिनको बीचमा प्रेम त पहिँले नै सकिएको थियो ।'  
 
विश्वका दोस्रो सबैभन्दा बढी कमाई गर्ने कलाकारको रुपमा समेत आफ्नो स्थान कब्जा गरेका ज्याकी च्यानको जब जन्म भएको थियो, तब उनको परिवार निकै गरिब थियो । यति धेरै गरिब कि ज्याकी च्यानको राम्रोसँग पालनपोषण पनि परिवारले गर्न सकेका थिएनन् ।