मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'प्रेम' ले सकाए मार्केटिङमा मास्टर्स, भन्छन्, 'फिल्म मेरो 'प्यासन' हो'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/04
प्रदीप खड्का, नेपाली दर्शकहरुका लागि यो नाम सबैभन्दा प्रिय बन्दै गएको छ । बर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत' मा 'प्रेम' को भूमिका निर्वाहा गरेपछि नायक प्रदीप खड्का रातारात स्टार बने । हुनत उनको यो पहिलो डेब्यू फिल्म भने थिएन । उनले पहिलो पटक फिल्म 'स्केप' मा काम गरेका थियो । तर, प्रदर्शनमा आएको दोस्रो फिल्म 'प्रेमगीत' ले भने प्रदीपलाई नसोचेकै सफलता दिलायो । अहिले प्रदीप साउन १३ गतेबाट रिलिज हुन लागेको आफ्नो तेस्रो प्रोजेक्ट 'प्रेमगीत २' को तयारीमा छन् । 
 
यसैबीच प्रदीपले मार्केटिङमा मास्टर्स सकाएका छन् । उनले डेढ वर्ष पहिले नै एमबिए गरेको भए पनि अहिले आएर मात्रै कन्भिकेसन भएको हो । प्रदीपले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए गरेका हुन् । 
'फिल्म खबर डटकम' सँगको कुराकानीको क्रममा प्रदीपले मार्केटिङमा मास्टर्स गरेपनि आफु नेपाली फिल्ममै सक्रिय रहने बताए । उनले भने, 'सुरुमा त मलाई नेपालमा फिल्म मेकिङ कलेजको खासै आइडिया थिएन । अब घरमा पनि एउटा एकेडेमी क्वालिफिकेसन अनिवार्य भएपछि मैले मार्केटिङ विषय रोजे । मैले फिल्म लाइनमा लागेर पनि विजनेशमा अगाडि बढ्न सक्छु । फिल्ममा म एक कलाकार त छु नै र मेरो अध्ययनले विजनेशलाई पनि सहयोग गर्छ ।' 
 
हामीले प्रदीपलाई प्रश्न गर्यो कि 'अध्ययन हेर्दा तपाई फिल्म लाइनमा आउने संभावना थिएन भन्ने बुझिन्छ नी ?' अनि उनले उत्तर दिँदै भने, 'हो प्यासनले हो म फिल्म लाइनमा आएको तर मार्केटिङ र मिडिया एकअर्काका परिपूरक हुन् । पहिला म नेपाल टेलिभिजनको खोजी प्रतिभा र वाई वाई क्विजमा प्रोग्राम म्यानेजरको रुपमा थिए । त्यहाँ म मार्केटिङ पनि हेर्थे ।'  उनले आफु फिल्ममा अभिनय गर्न नछोड्ने बताउँदै भोलीका दिनमा मार्केटिङ सम्बन्धित आफ्नै विजनेश पनि सुरु गर्न सक्ने बताए । 
 
नेपाली फिल्म क्षेत्रमा मास्टर गर्ने कलाकारहरु निकै न्यून छन् । अध्ययनभन्दा पनि रहरले फिल्मक्षेत्रमा प्रवेश गर्ने कलाकारहरुको ठूलै भिड छ । बेला बखतमा यस्ता बहसहरु पनि राम्रै चल्ने गर्छ कि नेपालमा अध्ययन गरेका कलाकारहरु नै छैनन्, जसले गर्दा फिल्मक्षेत्र सोचे अनुसारको गतिमा अगाडि बढ्न सकेको छैन ।