बलीउडस्टार ऋतिक रोशनलाई सबैभन्दा ठूलो नोक्सान यशराज फिल्म्सको 'ठग्स अफ हिन्दोस्तान' छोड्दा भएको छ । यो फिल्ममा फिस र मुनाफाको हिस्सालाई लिएर उनको सहमती बन्न सकेन । सुत्रले बताएको छ, 'ऋतिकले सलमान खानको कन्ट्रयाक अनुरूप नै फिल्मको मुनाफाको हिस्सेदारीको शर्त राखेका थिए ।' अब यो फिल्म आमिर खान गर्दैछन्, जसमा अमिताभ बच्चन पनि लिड रोलमा रहनेछन् । ऋतिकले यो फिल्म नछाडेको भए यति बेला उनी यसको तयारीमा जुटिसकेका हुने थिए ।
ऋतिकले नयाँ फिल्म कबीर खानको गर्ने कुरा थियो तर यसमा पनि अहिलेसम्म सहमति हुन सकेको छैन । यसकारण यो फिल्मको काम पनि अगाडि बढ्न नसकेको स्रोत बताउँछ । ‘ब्याङ्ग ब्याङ्ग’ का निर्देशक सिद्धार्थ आनन्दसँग ऋतिक लामो समयदेखि फिल्म सुरु गर्ने तयारी गरिरहेका छन् । यो एक्सन फिल्म थियो तर अहिलेसम्म फिल्मको कथा तय भैसकेको छैन ।
करण मल्होत्रासँग 'अग्निपथ' पछि एक अर्को फिल्मको तयारी थियो । केही विषयमा कुरा पनि भएको थियो तर ऋतिकले उनको प्रस्ताव अस्वीकार गरे । चार फिल्म एकपछि अर्को अस्वीकार गरेपछि ऋतिक अहिले कुनै पनि फिल्ममा व्यस्त छैनन् ।