हलीउड अभिनेता ब्राड पिटले भनेका छन् कि उनले माधक पदार्थ सेवन गर्न छाडेका छन्, किनकी उनलाई महशुस भयो कि उनी दिन प्रतिदिन अत्याधिक माधक पदार्थ सेवन गर्न थाल्दैछन् । पिटकी श्रीमती एन्जेलिना जोलीले डिभोर्सको फाइल दर्ता गरेकी छिन् र आफ्नो ६ बच्चाको कस्टडीको माग गरिएको छ, जसका कारण ब्राड निकै तनावमा छन् ।
पीपुल डट कमको रिपोर्टका अनुसार, पिटले जीक्यू म्यागजीनसँग भने, “म अत्यधिक माधक पदार्थ सेवन गर्न लागेको थिएँ । यो एक समस्या बनिसकेको थियो र मलाई खुशी लागेको छ कि अब ६ महिना भैसकेको छ ।”
माधक पदार्थ छाड्नुको कारण बताउँदै पिटले थपे, “म पहिलाको जस्तो जिउन चाहन्न् ।” पिटले भनेका छन् कि यसैकारण उनी अहिले क्रैनबेरी जूस र फिजी ड्रिंक्स पिएर सन्तुष्टी लिने गर्छन । पिटले भने, “मेरो लागि यो समय आफ्नो कमजोरी र असफलतामाथी विचार गर्ने बेला हो ।”