मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्जुनसँग अफेयरको विषयमा मलाइकाले दिइन् जवाफ

एजेन्सी, मुम्बई, 2017/05/08
लामो समयदेखी अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर अफयेरमा रहेको खबर छ । खबर त यो पनि आएको थियो कि मलाइका र अरबाज खानको सम्बन्ध अर्जुन कपूरका कारण टुटेको हो ।  तर, यी सबै अफवाहका बीच अन्ततः मलाइकाले आफ्नो मुख खोलेकी छिन् । खासमा भएको यसो थियो कि मलाइका, बिपाशा बासु र सुजैन खानसँग एक इभेन्टमा पुगिन् र त्यहाँ एक रिपोर्टरले उनीसँग, उनको र अर्जुनको अफेयरलाई लिएर प्रश्न गरे । मलाइकाले जवाफ दिइन्, 'सिरियसली, हाम्रो बारेमा  (बिपाशा र सुजैन) कुरा गरुँन । हामी तीन इन्डिपेन्डेन्ट वुमन हौं, हामी के भन्छौं, कहिले मिल्छौं के कुरा गर्छौ । यसको विषयमा कुरा किन हुन्छ ?' 
 
अर्जुन कपूरसँगको अफेयरको विषयमा मलाइकाले निकै सिम्पल तरिकाबाट जवाफ दिएकी छिन् । बताइदिउँ, स्टार प्लसको रियलिटी शो 'नच बलिए-८' मा मलाइका प्रमुख जजको रुपमा सामेल भएकी थिइन् । उनले सोनाक्षी सिन्हालाई यो शोमा रिप्लेस गरेकी हुन् । हालैमा यो शोमा अर्जुन आफ्नो 'हाफ गर्लफ्रेन्ड' एक्ट्रेस श्रद्धा कपूरसँग पुगे । अर्जुन-श्रद्धाले उक्त शोमा आफ्नो फिल्म 'हाफ गर्लफ्रेन्ड' को प्रमोट गर्न गएका थिए । शोको क्रममा मलाइका-अर्जुनले एक अर्कासँग टाढाको दूरी बनाइराखे र खासै राम्रोसँग कुराकानी पनि गरेनन् ।  रिपोर्ट्सको खबरलाई आधार मान्ने हो भने मलाइका र अर्जुन कपूरको अफयेरको खबर गएको बर्षबाट आउन सुरु गरेको थियो ।