खबर छ कि रणबीर कपूर चाँडै विवाह गर्न सक्छन् । एक भारतीय अनलाइन पोर्टलमा प्रकाशित समाचारका अनुसार, उनको विवाहको कुरा लण्डनको एक चर्चित फेमिलीको छोरीसँग भैरहेको छ । यदी परिवारको निर्णय स्वीकार गरेको खण्डमा रणबीरले एरेन्ज म्यारिज गर्न सक्छन् । सोर्सेजको खबरलाई आधार मान्ने हो भने हालैमा रणबीरकी आमा नीतू कपूर यूवतीको परिवारसँग मिल्नका लागि लण्डन पनि गएकी थिइन् । तर, यस विषयमा रणबीर र नीतूले कुनै पनि जानकारी भने दिएका छैनन् ।
नीतू कपूरलाई रणबीरका लागि खोजिएको यूवती निकै मन परेको छ । नीतू रणबीरको ध्यान राख्नि र कम हाय फाय यूवती चाहन्छिन् । अब फ्यानहरुलाई यसको प्रतिक्षा रहन्छ कि रणबीरको बिहेको मिति कहिले तय हुन्छ । बताइदिउँ, रणबीरलाई लिएर घरबाट विवाहको कुरा आएपनि अहिलेसम्म उनको बलीउडका धेरै अभिनेत्रीहरुसँग अफेयरको हल्ला चलिसकेको छ ।