सुनील शेट्टीकी छोरी आथिया र आदित्य पन्चोलीका छोरा सूरजलाई लञ्च गरेका सलमान खानले फेरी एक अर्का बलीउड स्टारको छोरीलाई लञ्च गर्ने तयारीमा छन् । खबरलाई आधार मान्ने हो भने सलमान खान चाँडै आफ्नो ज्वाइँ आयूष शर्मालाई बलीउडमा लञ्च गर्दैछन् । यो फिल्ममा सलमान र करण जोहरको लगानी रहनेछ । र, यसै फिल्मबाट सैफ अली खानकी छोरी सारा अली खान पनि औपचारिक रुपमा फिल्म इन्डस्ट्रीमा पाइला राख्नेछिन् ।
बताइएको छ कि आयुषलाई बलीउडमा लञ्च गर्नका लागि अर्पिताले सलमानलाई धेरै पटक आग्रह गरेकी थिइन् तर जब अर्पिता रिसाउन थालिन् तब बहिनीको जिद्धिको अगाडि सलमानले पनि घुँडा टेक्न विवश भएका छन् । यसअघि खबर आएको थियो करण जोहर सलमान खानका ज्वाइँ आयुषलाई लञ्च गर्दैछन् र यसका लागि उनले आयुषको साइन पनि लिइसकेका थिए ।