केही दिनदेखि 'बाहुबली २' को कास्टिङलाई लिएर निकै अफवाह उडिरहेको छ । भएको चाहिँ यस्तो थियो कि 'बाहुबली' को भूमिकालाई लिएर धेरै बलीउड स्टार्सको नाम अगाडि आएको थियो । कहिले ऋतिक रोशनलाई 'बाहुबली' बनाइयो त कहिले जोन अब्राहमलाई 'भल्लालदेव' । 'बाहुबली' का निर्देशक एसएस राजामौलीले यी सबै अफवाहहरुलाई गलत सावित रहेको बताउँदै भने कि यो रोल केवल प्रभासलाई लागि नै लेखिएको थियो । उनले भने, 'पहिला म र प्रभास एक फिल्ममा काम गर्दै थियौं, १० बर्ष अगाडिदेखि नै यो प्लान थियो ।'
यति मात्र होइन, राजामौलीले अगाडि थप्दै भने, 'मैले प्रभाससँग १.५ बर्षको समय मागे तर प्रभासले हाँस्दै भनेका थिए कि यो फिल्म यति चाँडो सकिँदैन । र, यही कारण थियो कि उनले ३ बर्ष यो फिल्मका लागि छुट्याए ।' 'बाहुबली' ले एकपछि अर्को गर्दै सारा रेकर्ड तोड्यो । सुत्रको खबरलाई आधार मान्ने हो भने ऋतिकलाई यो फिल्मको अफर भएको थियो तर उनले रिजेक्ट गरेका थिए ।