मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माधुरीसँग थियो संजयको प्रेम, यसकारण टुट्यो सम्बन्ध

एजेन्सी, मुम्बई, 2017/05/13
संजय दत्तको बायोपिकमाथी बनिरहेको राजकुमार हिरानीको फिल्ममा कयौं उतार-चढाव देख्न मिलिरहेको छ । खबर त यो पनि बाहिर आएको छ कि माधुरी दीक्षितले संजय दत्तलाई फोन गरेर भनेकी थिइन कि बायोपिकमा उनको पास्टको बारेमा नदेखाइयोस् । तर, माधुरीले यो कुराको खण्डन गर्दै भनेकी छिन्, 'यस्तो खबर कहाँबाट आइरहेको छ, मलाई थाहा छैन् । म लाइफमा निकै अगाडि बढिसकेको छु र मलाई यस्ता कुनै पनि कुराले असर गर्दैन ।' बताइदिउँ, ९० को दशकमा माधुरी दीक्षित र संजय दत्त लभस्टोरीका कारण निकै चर्चामा थिए ।  
 
८० को दशकको अन्तिम बर्षमा माधुरी दीक्षितको गन्ती बलीउडको टप एक्ट्रेसेसमा हुन लागेको थियो । उनको 'तेजाब' र 'दिल' जस्ता फिल्म ब्लकबस्टर सावित भएका थिए । १९९१ मा आएको फिल्म 'साजन' को छायांकनको क्रममा संजय र माधुरी नजिक भएका थिए । फिल्ममा रोमान्स गर्दैगर्दा उनीहरुले एकअर्कालाई दिल दिएर बसे । फिल्म रिलिज भयो र बल्कबस्टर पनि सावित भयो । यो जोडीलाई दोस्रो पटक फिल्म 'खलनायक' का लागि साइन गरियो । फिल्ममा माधुरीको जोडी ज्याकी श्राफसँग बाँधिएको थियो, तर स्क्रीनमा माधुरी बढी जसो संजयसँग नै देखिइन् ।