मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कति बोल्ड साम्राज्ञी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/13
अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स' मा काम गरेपछि एकाएक स्टार बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको माग र चर्चा अहिले नेपाली फिल्ममा अन्य अभिनेत्रीहरुको भन्दा कम छैन । पहिलो फिल्मले नै नसोचेको सफलता दिलाएपछि साम्राज्ञीले अहिले आफू 'खाली छु र' भन्ने महशुस समेत गर्न पाएकी छैनन् । बर्ष २०७२ मा आएको फिल्म 'ड्रिम्स' पछि साम्राज्ञीका अन्य कुनै पनि फिल्म रिलिज भने भएका छैनन् तर उनले 'तिमीसँग', 'मंगलम' फिल्ममा काम गरिसकेकी छिन् । 
 
 
साम्राज्ञी राज्यलक्ष्मी शाहको कला यात्रा भारतमा आयोजना भएको 'क्लासिक डायमन्ड ज्वेलरी' प्रतियोगिता २०१४ मा सेकेन्डरनरअप भएपछि सुरु भएको थियो । उनले गएको बर्ष फिल्म ‘ड्रिम्स’ बाट चारपटक उत्कृष्ट नव-नायिकाको अवार्ड जितिसकेकी छिन् । 
 
 
पहिलो फिल्मबाटै स्टार बनेकी साम्राज्ञीलाई अहिले भविष्यको नम्बर वान नायिकाको रुपमा समेत हेरिन थालिएको छ । बोल्ड आवाजकै कारण पनि अहिले फिल्म निर्माण गर्ने निर्माताहरुको पहिलो रोजाईमा पर्ने गरेकी साम्राज्ञी पछिल्लो समय आफ्नो पहिरन र लभ लाइफका कारण पनि खुबै गसिपमा छाइरहेकी छिन् । 
 
 
हिजो शुक्रवार नयाँ फिल्म 'इन्टु मिन्टु लण्डनमा' को निर्माण घोषणा कार्यक्रममा पुगेकी साम्राज्ञीको पहिरनले एकपटक फेरी सबैको ध्यान खिच्यो । रातो गाउनमा उपस्थित भएकी साम्राज्ञीलाई कार्यक्रममा उपस्थित सबैले सुन्दरता र पहिरनकै तारिफ गरिरहे । यो फिल्ममा साम्राज्ञीको मुख्य भूमिका रहेको छ । कोरियोग्राफर रेनेशा वान्तवा राईको निर्देशनमा बन्ने यो फिल्ममा साम्राज्ञीको अपोजिटमा धिरज मगर छन् । 
 
तश्वीर : विवेक बस्याल