हालैमा अमिताभ बच्चन हेपेटाइटिससँग रिलेटेड एक इभेन्टमा सहभागी भएका थिए । यो मौकामा उनले 'बलीउडभाष्कर' सँग कुराकानी गर्दै आफ्नो अनुभव बाँढे र केही महत्वपूर्ण कुरामा आफ्नो राय पनि राखे । अमिताभले भने, 'मलाई लिभरको यस्तो विरामी छ कि जुन निकै मदिरा सेवन गर्नेहरुलाई हुने गर्छ । सन् १९८२ मा फिल्म कुलीको छायांकनको क्रममा जब म निकै घाईते भएको थिएँ तब मलाई निकै रगत चढाइएको थियो । त्यही क्रममा मलाई हेपेटाइटिसको इन्फेक्शन भयो ।'
तर, यसको जानकारी भने मलाई निकै बर्षपछि सन् २००४ मा भयो । बिग बीले अगाडि भने, 'आज मेरो लिभर २५ प्रतिशत मात्र काम गरिरहेको छ । मलाई लाग्छ कि मेरो तर्फबाट यो क्याम्पेनका लागि जे पनि हुन सक्छ, त्यो म गर्न तयार छु । मेरो एउटा सानो कोशिशले भारतलाई हेपेटाइटिस मुक्त गर्न सकियो भने मलाई निकै खुशी महशुस हुनेछ ।हामीले पोलियोका लागि अवेयरनेस बढाउनका लागि पनि क्याम्पेन चलाइरहेका छौं र अहिले हेपेटाइटिसका लागि चलाइरहेका छौं ।'