मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

साम्तेन भूटिया : फिल्म बनाउँदै-थन्काउँदै

मनिष अन्जान, काठमाडौं, 2017/05/13
निर्माण भैसकेको फिल्म रिलिज गर्न निर्माता/निर्देशकलाई सधै हतार हुन्छ । नहोस् पनि कसरी किनकी लाखौं रुपैयाँ लगानी गरेर निर्माण गरेको फिल्मबाट हलमा रिलिज गरेपछि त्यसबाट आउने मुनाफा खल्तीमा हाल्न निर्माताहरु सधै आतुर हुन्छन् । निर्माताहरु फिल्म दराजमा थन्काउनका लागि त पक्कै बनाउँदैनन्, त्यसबाट घाटा वा नाफा जे भएपनि स्वीकार गर्नकै लागि जोखिम मोलेर लाखौं लगानी गर्ने गर्छन् । सायद तपाईहरुलाई यो सुन्दा पत्यार नलाग्न सक्छ कि नेपालमा एक यस्ता निर्देशक छन्, जो फिल्म बनाउँदै-थन्काउँदै एकपछि अर्को फिल्म निर्देशन गर्दै गैरहेका छन् । ति निर्देशक हुन् साम्तेन भूटिया । 
 
निर्देशनको हिसाबले हेर्ने हो भने साम्तेनले ५ फिल्म निर्देशन गरिसके तर रिलिजमा भने एउटा मात्र आएको छ । उनी निर्देशित फिल्म 'लेटर' मात्र हलमा लागेको थियो तर अन्य चार फिल्म कुन अवस्थामा छन् त्यो सायद उनलाई भन्दा बाहेक अरुलाई थाहा नहोला । हालैमा उनले 'साढे सात' नामक फिल्म निर्देशन गरेका थिए । 
 
कुन बाँकी छ रिलिज हुन ? 
साम्तेनले निर्देशन गरेको फिल्म 'लेटर' हलमा लागिसकेको छ । तर, यो फिल्म घरेलू बक्सअफिसमा खरो उत्रिन सकेन । 'लेटर' मा जेन्नी लिम्बू र उत्तम प्रधानको मुख्य भूमिका रहेको थियो । त्यस्तै, उनी निर्देशित 'लेटर' बाहेक अन्य चार फिल्म भने रिलिज हुन बाँकी छन्, 'सुस्केरा', 'तान्द्रो', 'साढे सात' र 'अनागत' । यी चार फिल्मको अहिलेसम्म रिलिज मिति समेत कन्फर्म भएको छैन । 
 
सुस्केरा : यो फिल्म गएको बर्षको कार्तिकमा निर्माण घोषणा गरिएको थियो र गएको बर्ष नै छायांकन सकिएको थियो । 'सुस्केरा' को छायांकन सकेर फिल्मका मुख्य कलाकार सुरक्षा पन्तले दीपेन्द्र के. खनाल निर्देशित र खगेन्द्र लामिछानेको अभिनय रहेको फिल्म 'धनपती' को छायांकन सकाएर रिलिज मिति समेत सार्वजनिक भैसकेको छ भने 'सुस्केरा' का अर्का लिड नायक स्वरूप पुरुष ढकाल अहिले 'छक्का पन्जा २' को छायांकनमा व्यस्त छन् । फिल्मका लिड कलाकारले नै 'सुस्केरा' सकाएर दोस्रो फिल्मको समेत छायांकन सकाउँदा यो फिल्मको रिलिज मिति भने अन्योलमै छ । 
 
तान्द्रो : यो फिल्म पनि निर्देशक साम्तेन भूटियाले नै निर्देशन गरेका हुन् । १० वर्षे माओवादी जनयुद्धमा आधारित भएर निर्माण गरिएको यो फिल्मको पनि अहिलेसम्म नेपाल रिलिज मिति घोषणा गरिएको छैन् । यो फिल्म अहिले विदेशका विभिन्न फिल्म फेस्टिभलहरुमा प्रदर्शन भैरहेको छ । फिल्ममा दयाहाङ् राईको लिड रोल छ । 
 
साढे सात : साम्तेन भूटिया निर्देशित यो फिल्मको गएको बर्षको अन्तिममा छायांकन सकिएको हो । फिल्ममा सत्यराज आचार्य, मेनुका प्रधान, कामेश्वर चौरशिया, शिशिर वाङ्देल, सुनिल थापा तथा सुप्रिया ढकालको अभिनय रहेको छ । यो फिल्मको पनि रिलिज डेट फाइनल भैसकेको छैन् । 
 
अनागत : साम्तेन भूटिया निर्देशित अर्को फिल्म हो 'अनागत'। यो फिल्मको बर्ष २०७३ को बैशाखमा निर्माण घोषणा गरिएको थियो तर एकबर्ष बढी समय भैसक्दा पनि यो फिल्म रिलिज भएको छैन् । फिल्ममा प्रियंका कार्की र अर्पण थापाको मुख्य भूमिका रहेको छ । 
 
यसरी फिल्म बनाउँदै-थन्काउँदै जाँदा अहिले दर्शकहरु साम्तेन भूटियाले हलमा फिल्म रिलिज गर्न भन्दा पनि दराजमा थन्काउनका लागि फिल्म निर्माण गर्ने गरेको आरोप लगाउँदै आएका छन् । खबरका अनुसार, उनी निर्देशित यी चार फिल्म यस बर्ष रिलिज हुने संभावना प्रवल छ ।