मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ १२ : 'पर्व' र 'हिटलर' को भिडन्त, कसको होला पल्ला भारी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/15
नेपालमा यो पहिलो पटक त पक्कै हुँदैछैन किनकी यसअघि पनि ठूला ब्यानर र स्टार कलाकारका फिल्महरु एकै मितिमा हल छिरेको तपाईहरु स्वयलाई नै थाहा छ । एकभन्दा बढी नेपाली फिल्महरु प्राय हप्तैपिच्छे हलमा भित्रिन्छन् । कतिले राम्रै पैसा छाप्छन् त कतिलाई एकसाथ मैदानमा उत्रिनु नै भारी पर्न जान्छ । अझ विदाका दिन पर्यो भने त एकैमितिमा तीनवटा फिल्म समेत मैदानमा उत्रिन पछि पर्दैनन् । यसले घाटा हल सञ्चालकलाई होइन फिल्मका निर्माता, निर्देशक र कलाकारलाई नै पर्ने हो । एकभन्दा बढी फिल्मसँग एकसाथ हलमा छिर्नु भनेको गतिलै जोखिम मोल्नु हो किनकी सोलो रिलिजमा आउँदा एकलौटी हल कब्जा गर्न पाइन्छ तर एकभन्दा बढी फिल्म एकसाथ रिलिज हुँदा त्यही अनुसार हलको संख्या पनि बाँडिन्छ । तर, नेपालमा कमै यस्ता फिल्म होलान् जसले सोलो रिलिजको मौका पाएका हुन् । धेरै संख्यामा फिल्म निर्माण हुने क्रम बढ्दै गर्दा विस्तारै नेपाली फिल्मले सोलो रिलिजको मौका गुमाउँदै गएका छन् । 
 
यस्तैमा, प्राय हप्तैपिच्छे सिनेमा हलमा हुने गरेको नेपाली फिल्मको लडाईले जेष्ठ १२ गते पनि निरन्तरता पाउँदैछ । यो मितिमा दुई ठूला फिल्म एकसाथ हल छिर्दैछन्, 'पर्व' र 'हिटलर' । 'काले दाई' बोलको आइटम गीतले नै प्रतिक्षित बनेको नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको 'पर्व' यस बर्षको प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । अझ, लभस्टोरी फिल्म निर्देशन गर्न माहिर मानिने दिनेश राउतको निर्देशनमा 'पर्व' तयार भएका कारण पनि यो फिल्मले जेष्ठ १२ गते आफ्नो पक्षमा दर्शक तान्नेमा शंका नउब्जिएला । अब मात्र यति रह्यो कि वर्ष २०७२ मा रिलिज भएको फिल्म 'क्लासिक' पछि नम्रताको फिल्मको प्रतिक्षामा रहेका दर्शकहरुलाई 'पर्व' ले खुशी बनाउन सक्छ वा सक्दैन ? 
 
त्यस्तै, यो फिल्मसँग एकसाथ मैदानमा उत्रिन लागेको अर्को फिल्म हो 'हिटलर' । यो फिल्ममा स्टारकास्ट कलाकार भने कोहिँ पनि छैनन् । तर, नायक सोहित मानन्धरलाई भने धेरथोर दर्शकहरुले चिन्छन् । उनले यसअघि 'भूल भुलैया' र 'रिदम' फिल्ममा काम गरिसकेका छन् । 'हिटलर' मा मुख्य भूमिका निर्वाहा गरेका सोहितको अभिनयको यसअघि सार्वजनिक भैसकेको फिल्मको ट्रेलर र गीतबाटै राम्रो प्रशंसा मिलिरहेको छ । अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सोहित मानन्धर र सामिया बर्तौला लिड रोलमा छन् । फिल्मलाई सौरभ ढकालले निर्देशन गरेका हुन् । 
 
यी दुवै फिल्मका निर्माताको कुरा सुन्ने हो भने आफ्नो फिल्म राम्रो बनेको र दर्शक आफ्नो फिल्मले उल्लेख्य संख्यामा हलसम्म तान्ने दावी गर्छन । अब यो त जेष्ठ १२ गतेको विहानीबाटै थाहा हुनेछ कि यी दुई फिल्म मध्ये कसको पल्ला भारी हुने हो ।