मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लेखककी प्रेमिका नम्रता, कोशिश भन्छन्, 'नम्रता मानसिक रोगी'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/20
युट्युबमा करोड बढी भ्यू पाएको 'काले दाई' बोलको आइटम गीतले अहिले नेपाली बजार मज्जैले पिटिरहेको छ । गीतले बजारमा धुम मच्चाएपनि धेरै जसो दर्शकहरुलाई अझैपनि यो थाहा छैन कि यो कुन फिल्मको गीत हो । जेष्ठ १२ गतेबाट अलनेपाल रिलिज हुन लागेको नायिका नम्रता श्रेष्ठ र नायक कोशिश क्षेत्रीको लिड रोल रहेको फिल्म 'पर्व' मा समाबेश आइटम गीत हो 'काले दाई' । यो गीतको भिडियोमा नायिका माला लिम्बु र निर्देशक निश्चिल बस्नेतले ठुम्का लगाएका छन् । 
 
'काले दाई' बोलको गीत र केही हप्ता अगाडि सार्वजनिक ट्रेलरबाटै प्रतिक्षित बनेको यो फिल्ममा नम्रता, कोशिश र मालाका अलावा जेबिका कार्कीको पनि मुख्य भूमिका छ । टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्रका निर्माता निकिता पौडेल र सुवास गिरी हुन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । 
 
फिल्मको रिलिज डेट नजिकिँदै गर्दा शुक्रवार 'पर्व' का मुख्य कलाकारहरु राजधानीमा आयोजित एक पत्रकार भेटघाटमा जम्काभेट भए । गएको बर्ष फिल्म 'क्लासिक' बाट कुनै पनि अवार्ड हात पार्न नछुटाएकी नम्रताले फिल्म 'पर्व' आफूले गर्दै आइरहेको सिनेमाभन्दा विल्कुलै फरक रहेको बताइन् । उनले भनिन्, 'मैले फिल्ममा रितुको भूमिका प्ले गरेकी छु, जो एउटा लेखकको प्रेमिका हुन्छेँ ।'  फिल्मको हिट गीत ‘काले दाई काले दाई’मा नृत्य नगर्दा यो गीतलाई मिस गर्नुभएको त छैन भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्–‘पक्कै पनि छैन । कारण, यो गीतको भिडियोमा मालालाई नै सुहाएको छ । मैले नृत्य गरेकी भए कथावस्तु नै अर्कै हुन्थ्यो ।’
 
 
फिल्मका नायक कोशिश क्षेत्रीले नेपाली फिल्म क्षेत्रलाई फरक धारको सिनेमा दिन लागेको बताए । उनले भने, 'नेपालमा यस्तो पनि फिल्म बनाउन सकिन्छ है भन्ने सन्देश 'पर्व' ले दिन्छ जस्तो लाग्छ । दर्शकहरुले नेपाली फिल्ममा पहिलो पटक फरक स्वादको सिनेमा चाख्न पाउनुहुन्छ । त्यसैले पनि मेरो लागि 'पर्व' विशेष छ । फिल्ममा मैले एक लेखक र आफ्नी प्रेमिका नम्रता मानसिक विरामी भएको अवस्थामा उसलाई केयर गरेको छु ।'
 
फिल्मकी नायिका माला लिम्बुले राम्रो टिमले बनाएको स्तरिय फिल्म 'पर्व' रहेको बताइन् । त्यस्तै, अर्की नव–नायिका जेबिका कार्कीले आफू 'पर्व' मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु लगायतका स्टार कलाकारको बिचमा चेपुवामा नपरेको बताइन् । उनले अगाडि भनिन्, 'अहिले त्यस्तो लाग्न सक्छ तर फिल्म रिलिज भएपछि म चेपुवामा परे भन्ने लाग्दैन ।' फिल्मका सिनेम्याट्रोग्राफर राजेश श्रेष्ठले 'पर्व' सबैपक्षबाट उत्कृष्ट बनेको बताए । यो फिल्म सस्पेन्स–थ्रीलर कथामा बनेको हो ।

Most Visited News (monthly)