मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ ‘डाक्टर…खाते’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/06/13
सडक बालबालिका, घरेलु श्रमिक बालहिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको फिल्म ‘डाक्टर…खाते’को ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । साउन ६ गतेलाई रिलिज फाइनल गरिएको फिल्म ‘डाक्टर…खाते’को सोमवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको फिल्ममा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ ।  
 
रवि अर्याल निर्देशित फिल्मलाई रोशनी केसीले निर्माण गरेकी हुन । आधा दर्जन फिल्म र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी रोशनीले यसै फिल्म मार्फत निर्माणमा पनि हात हालेकी हुन । सडक बालबालिकाको कथा बोकेको फिल्मको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्मात्री रोशनीले बताइन् । 
 
फिल्मका काष्टिङ निर्देशक डव्वु क्षत्रीले सडक बालबालिकालाई अभिनयको लागि तयार गर्न निकै कठिन भएको बताए । उनले झण्डै एकदर्जन सडक बालबालिका मध्ये अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ र सुभाषलाई लामो समयको प्रशिक्षण पश्चात अभिनयमा उर्तान सफल भएको जनाए । डव्वुका अनुसार, अहिले यि चारै जना विभिन्न क्षेत्रमा रोजगारिमा रहेका छन् । फिल्ममा चारजना सडक बालक सहित रोशनी केसी, सम्राट सापकोटा, सिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।