मिति : २०८१ पौष २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

खगेन्द्रको पारिश्रमिक २५ लाख

मनिष अन्जान, काठमाण्डौ, 2017/07/11
फिल्म 'कृ'का लागि अनमोल केसीले २० लाख पारिश्रमिक लिएको चर्चाले अहिले पनि नेपाली सिनेवृत तात्ने गरेको छ । अनमोलले नेपालमा पहिलो पटक सबैभन्दा महंगो पारिश्रमिक लिएर 'कृ' साइन गरेका थिए । यसपछि खबर आयो फिल्म 'ब्रेकअप'का लागि नायक आशिरमान देशराज श्रेष्ठले १५ लाख पारिश्रमिक लिए । नायकको पारिश्रमिकको चर्चाले बेलाबखतमा नेपाली सिनेवृतमा तान्ने गरेको अवस्थामा फेरि अर्को खबर बाहिरिएको छ । 
 
रंगमञ्चमा जमिरहेको बेला फिल्म 'बधशाला'बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता तथा लेखक खगेन्द्र लामिछानेलाई अहिले सुपरस्टार मान्न थालिएको छ । अहिलेसम्म उनी अभिनित फिल्म 'बधशाला', 'टलकजंग भर्सेस टुल्के' र 'पुशपतिप्रसाद' रिलिज भएका छन् । प्रत्येक फिल्मबाट सफलताको झन्डा गाडेका खगेन्द्र अभिनित नयाँ फिल्म 'धनपति' अहिले प्रदर्शन भैरहेको छ । 
 
अभिनयसँगै फिल्मको कथा, पटकथा र संवाद समेत आफैले तयार पार्दै आइरहेका खगेन्द्रको पारिश्रमिक चाँहि कति होला ? यो प्रश्न अहिले प्रत्येक दर्शकहरुको मनमा उब्जिरहेको छ । स्रोतले 'फिल्मीखबर डटकम'लाई दिएको जानकारी अनुसार, खगेन्द्रले अहिले एउटा फिल्म खेलेवापत १५ लाख पारिश्रमिक लिने गर्छन । यदी फिल्मको कथा, पटकथा र संवाद पनि आफैले तयार गर्नुपरे उनी १० लाख थप पारिश्रमिक लिन्छन् । उनले अभिनयसँगै कथा, पटकथा र संवाद गरि कुल २५ लाखमा फिल्म साइन गर्ने गरेका छन् । 
 
हाल प्रदर्शन भैरहेको फिल्म 'धनपति' सफल भएको खण्डमा खगेन्द्रले फेरि आफ्नो पारिश्रमिक बढाउन सक्ने स्रोत बताउँछ । फिल्म 'धनपति' भने खगेन्द्र र दीपेन्द्र के. खनालले मिलेर निर्माण गरेका हुन् । फिल्म 'धनपति'ले नाफा कमाए दुवैले मिलेर पैसा खल्तीमा हाल्नेछन् । त्यसैले यो फिल्ममा उनले कति पारिश्रमिक लिए भन्ने कुरा उठ्दैन । उनले फिल्म 'धनपति'बाट जति नाफा खल्तीमा हाल्छन् त्यति नै हुन्छ यो फिल्ममा उनले लिएको पाश्रिमिक । 
 
खगेन्द्र चाँडै दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको हिँडेर अमेरिका जाने विषयमा निर्माण हुन लागेको फिल्ममा अभिनय गर्दैछन् । उनको यो फिल्ममा अभिनय मात्र रहने बताइएको छ । के यो फिल्मका लागि खगेन्द्रले लिए त १५ लाख पारिश्रमिक ? अब यो त विस्तारै खुल्दै जानेछ । 
 
हुनत, अहिलेसम्म खगेन्द्रले १५ लाख अभिनयको र कथा, पटकथा र संवादको १० लाख गरि २५ लाख पारिश्रमिकमा कुनै पनि फिल्म साइन गरेका छैनन् । तर, उनले केही निर्मातासँग सबै गरि २५ लाख पारिश्रमिक मागेको खबर छ । थोरै फिल्म खेलेरै नेपाली फिल्म क्षेत्रमा राम्रो छाप बनाएका खगेन्द्रको यो पारिश्रमिक सुनेर सायद निर्माताको होस नउड्ला भन्न सकिन्न ।