साउन २७ गतेबाट प्रदर्शनमा आउन लागेको निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’को चितवनमा रेड कार्पेट प्रिमियर भएको छ । बुधवार चितवनमा रहेको जल्मा हलमा गरिएको प्रिमियरमा नायिका द्धय मलिना जोशी र नकर्मी, निर्माता द्धय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुशान्त श्रेष्ठ लगायत उपस्थित थिए ।
लक्की मिडिया हाउस चितवनले आयोजना गरेको प्रिमियरमा ‘संरक्षण’ले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्म ‘संरक्षण’ले मधेशको कथा बोल्छ । फिल्ममा निखिल र सौगात दुवै प्रहरीको भूमिकामा छन् । प्रिमियरमा निखिल र सौगात भने उपस्थित थिएनन् ।
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।