.jpg)
'स्वर' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी नायिका केकी अधिकारी अहिलेकी व्यस्त नायिका मध्येकी एक हुन् । आफू अभिनित पछिल्ला फिल्महरु असफल भएपनि उनको व्यस्ततामा भने कमी आएको छैन् । वितेको पल, भाग् सानी भाग्, मसान, हाउ फन्नी, आई एम सरी, घामपानी लगायतका दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी केकीको पछिल्लो अभिनित फिल्म 'घामपानी' यसै वर्षको नयाँ वर्षमा प्रदर्शनमा आएको थियो ।
.jpg)
आफू अभिनित एकपछि अर्को फिल्मले व्यवसायिक सफलता हात पार्न छाडेपछि स्याड मूडमा रहेकी केकीको यसैवर्ष फिल्म 'राज्जा रानी' र 'ऐश्वर्य' प्रदर्शनमा आउँदैछ । 'राज्जा रानी'मा नाजिर हुसेन र केकीको मुख्य भूमिका छ भने 'ऐश्वर्य'मा केकी र रमेश उप्रेती लिड रोलमा छन् ।
.jpg)
केही हप्ता अगाडि मात्र अमेरिका भ्रमणबाट फर्किएकी केकी चाँडै नयाँ फिल्मको काममा व्यस्त हुँदैछिन् । उनी अभिनित नयाँ फिल्म हो, 'हुर्रे' । यो फिल्ममा केकी र अनुप विक्रम शाहीको मुख्य भूमिका छ ।
.jpg)
केहीदिन अगाडि राजधानीमा आयोजित फिल्म 'हुर्रे'को घोषणा सभामा उपस्थित नायिका केकी अधिकारी रातो पहिरनमा खुबै खुलेकी थिइन् । उनको ओठमा 'हुर्रे' मुस्कान छल्किएको देख्न सकिन्थ्यो । यो फिल्ममा उनले पशुपतिनाथ मन्दिरमा फूल बेच्न बस्ने एक युवतीको भूमिका निर्वाहा गर्दैछिन् ।
तश्वीर : विवेक बस्याल