मिति : २०८१ कार्त्तिक २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरना थापा : निर्देशनमा पनि हिट

फिल्मीखबर, काठमाण्डौ, 2017/09/16
 
नायिका झरना थापाको एक समय नेपाली फिल्ममा राम्रै चमक थियो । ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी झरनाका लागि फिल्म 'ए मेरो हजुर' टर्निङ प्वाइन्ट बन्यो । सोही फिल्मबाट नायिकाको रुपमा स्थापित भएकी झरनाले 'ए मेरो हजुर'बाट थुपै अवार्ड आफ्नो पक्षमा पनि पारेकी थिइन् । जुन फिल्मले स्टार नायिका बनायो त्यही फिल्मको नेम सिक्वेलबाट झरनाले निर्देशनमा हात हालिन् । उनी निर्देशित 'ए मेरो हजुर २' डेब्यू फिल्म हो । 
 
भाद्र १६ गते झरना निर्देशित फिल्म 'ए मेरो हजुर २' हलमा लाग्यो । हाल तेस्रो हप्तामा प्रदर्शन भैरहेको फिल्मले कूल ६ करोडको आसपासमा विजनेश गरिसकेको छ । प्रदर्शनको तीन दिनमा नै लगानी सुरक्षित गरेको फिल्मबाट झरनाले आफूलाई नायिकासँगै निर्देशकको रुपमा पनि हिट सावित गरिन् । स्रोतका अनुसार, फेरि झरना अर्को नयाँ फिल्म निर्देशन गर्ने तयारीमा छिन् । उनले 'ए मेरो हजुर २ को सिक्वेल अर्थात्, 'ए मेरो हजुर ३' निर्देशन गर्ने चर्चा छ । तर, यस विषयमा कुनै औपचारिक जानकारी प्राप्त भएको छैन । 
 
'ए मेरो हजुर २' ले बम्पर ओपनिङ गरेपछि एक राष्ट्रिय दैनिकसँग कुराकानीको क्रममा उनले 'ए मेरो हजुर ३' निर्देशन गर्ने हौसला मिलेको बताएकी थिइन् । अहिले सिनवृतमा झरनाले चाँडै 'ए मेरो हजुर ३' घोषणा गर्ने चर्चा छ । निर्देशनमा डेब्यू गरेको फिल्मबाट सफलता हात पारेकी झरनाले अर्को वर्ष उत्कृष्ट नव-निर्देशकको अवार्ड थाप्ने पक्का छ । झरनाले निर्देशन गरेको फिल्म 'ए मेरो हजुर २' मा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।  
Most Visited News (monthly)