मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत १६ मा ‘फान अवार्ड’, २४ विधा समावेश हुने

फिल्मीखबर, काठमाण्डौ, 2018/02/12
नेपाल चलचित्र कलाकार संघले दोस्रो पटक आयोजना गर्न लागेको ‘फान अवार्ड २०७३’ को घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच संघका अध्यक्ष रामकेशर बोगटीले दोस्रो ‘फान अवार्ड’ चैत १६ गते हुने जानकारी दिए । 
 
२४ विधामा वितरण गर्न लागिएको अवार्डलाई ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको छ । आर्मी अफिसर्स क्लबमा हुने अवार्डलाई भव्य र सव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष बोगटीले बताए । 
 
 
उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट छायाँकार, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट नव-अभिनेत्री, उत्कृष्ट नव-अभिनेता, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेता, उत्कृष्ट खल पात्र, उत्कृष्ट हास्य कलाकारको विधामा ‘फान अवार्ड’ वितरण गरिने छ ।
 
यस्तै, अवार्डमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको विधामा पनि छ । दोस्रो ‘फान अवार्ड’ को घोषणा सभामा ‘कि एडभरटाईजिङ’ का नवनिर्वाचित कार्यसमितिलाई कलाकार संघले सम्मान पनि गर्‍यो । 
 
पछिल्लो समय अवार्डप्रति चलचित्रकर्मीहरुको चासो कम हुँदै गएको छ । कलाकार संघले आयोजना गर्न लागेको ‘फान अवार्ड’ को घोेषणा कार्यक्रममा नै निकै न्यून संख्यामा कलाकारहरु उपस्थित थिए । यसबाट नै प्रष्ट हुन्छ कि कलाकारले अवार्डलाई हेर्ने नजर कस्तो छ ।