मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुई धागा’ मा वरुण र अनुष्काको यस्तो लुक्स !

एजेन्सी, मुम्बई, 2018/02/13
 
बलिउड अभिनेता वरुण धवन र अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘सुई धागा’ को फर्स्ट लुक बाहिर आएको छ । वरुणले आफ्नो ट्विटर ह्यान्डलमार्फत फिल्मको फर्स्ट लुक शेयर गरेका छन् । तश्बिरमा अनुष्का र वरुण देखिएका छन् । 
 
अनुष्काले साडी लगाएकी छिन् । वरुणले तश्बिरमा क्याप्सन लेखेका छन्, ‘मौजी र ममतासँग भेट्नुहोस् २८ सेप्टेम्बरमा ।’ फिल्मलाई शरत कटारियाले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि उनी आफैंले लेखेका हुन् ।  
 
अनुष्काले जनवरीमा आफ्नो एक तश्बिर शेयर गरेकी थिइन्, जहाँ उनी सियोले कपडा सिलाउँदै गरेको देखिएकी थिइन् । यस्तै, वरुणले पनि आफ्नो ट्विटर ह्यान्डलमा कपडा सिलाउँदै गएको एक फोटो शेयर गरेका थिए ।  
 
 
अहिले फिल्मको सुटिङ मध्य प्रदेशमा भइरहेको छ । यो फिल्म यस वर्षको २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । पहिलो पटक वरुण र अनुष्काले एकसाथ काम गरेका हुन् ।