मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विल्सनको गाडी पल्टियो

फिल्मीखबर, काठमाण्डौ, 2018/02/13
 
हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) सवार गाडी खतरनाक दुर्घटनामा परेको छ । सोमवार मोरङको 'मधुमल्ला महोत्सव' सकेर बिर्तामोड फर्किँदै गर्दा मध्यराती १२ बजे 'आई १०' कार दुर्घटनामा परेको हो । 
 
निर्माता तथा कलाकार राजेश घतानीका अनुसार, कुकुरलाई बचाउन खोज्दा गाडी दुर्घटना भएको हो । बा १७ च ९१०२ नम्बरको गाडीमा विल्सनसहित फिल्म 'फुर्के नं. १' का कलाकारहरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई पनि सवार थिए । 
 
 
दुर्घटनामा गाडी बाहेक अरु कसैलाई पनि धेरै क्षती भएको छैन । गाडी भने पूरै पल्टिएको छ । विल्सन आफैंले कार चलाएका थिए ।