मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पसिना’ गीत रिलिज, गौरवकी ‘पार्वती’ अनु

फिल्मीखबर, काठमाण्डौ, 2018/02/13
हिन्दुहरूको महत्वपूर्ण पर्व महाशिवरात्रीको दिनलाई शुभ साइत मान्दै फिल्म ‘पसिना’ को पहिलो गीत रिलिज भएको छ । ‘हावा चल्यो सिरिरि’ बोलको गीतमा नायक गौरव पहारी र नायिका अनु शाह फिचरिङ छन् । गीतमा अनुलाई गौरवले आफ्नो पार्वती बन्न आग्रह गरेका छन् । 
 
 
श्रमिकहरुको पीडा बोल्ने यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । नन स्टप क्रियशनको ब्यानरमा निर्मित ‘पसिना’ मा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ । 
 
फिल्ममा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका छ । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको फिल्मलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । 
 
गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका शाहले आफ्नो लागि ‘पसिना’ विशेष रहेको बताइन् । उनले भनिन्, ‘फिल्मको कथाले मन छोयो अनि काम गरेँ । फिल्म राम्रो बनेको छ । दर्शकले भरपूर मनोरञ्जन लिनुहुनेछ ।’ कार्यक्रममा नायक गौरव भने अनुपस्थित थिए । 
 
यस्तै, निर्देशक आर.वि. खत्री ‘शरद’ ले ‘पसिना’ मा सामाजिक र यथार्थ घटनालाई उतार्ने प्रयास गरेको बताए । शिब वि.कको नृत्य निर्देशन रहेको फिल्ममा देब महर्जनको द्वन्द्व रहेको छ । फिल्मका छायाँकार राम के.सी. हुन् । 
 
भिडियो :-