![](http://www.filmykhabar.com/data/picture/bipana and rekha.jpg)
दशक अगाडिका तीन स्टार अभिनेत्रीको जमघट भएको छ । अभिनेत्री त्रय रेखा थापा, विपना थापा र करिश्मा मानन्धरको शनिवार साँझ एक ग्यादरिङमा भेट भयो । जहाँ वर्षौपछि उनीहरुले पुराना याद पुनः ताजा गरे ।
करिश्मा अघिल्लो पुस्ताकी अभिनेत्री भए पनि रेखा र विपनालाई भने एकै कालखण्डका प्रतिस्पर्धी अभिनेत्री मानिन्छ । एकसमय यी दुईबीच कडा व्यावसायिक प्रतिस्पर्धा हुने गरेको फिल्मी पण्डितहरु बताउँछन् । 'मितिनी', 'वरमाला' लगायतका फिल्ममा रेखा र विपनाले सँगै काम पनि गरेका छन् ।
![](http://www.filmykhabar.com/data/picture/karisma(1).jpg)
आफ्नो आधिकारिक फेसबुकमा रेखाले 'विथ माई टू सुपरस्टार' भन्दै करिश्मा र विपनासँगको फोटो शेयर गरेकी छिन् । उनी लेख्छिन्, 'विपना दी इन्डष्ट्री, अडियन्स मिसिङ यू । प्लिज कमब्याक इन इन्डष्ट्री । वि लभ यू ।'
तश्बिरमा तीन अभिनेत्रीको गाढा प्रेम देख्न सकिन्छ । उनीहरुले एकअर्काको गालामा चुम्बन गरेका छन् । सम्भवतः पहिलो पटक करिश्मा, रेखा र विपना एउटै फ्रेममा अटेका हुन् । रेखा र करिश्मा अझै फिल्ममा सक्रिय भएपनि विपना भने विवाहपछि पर्दामा देखिएकी छैनन् ।
![](http://www.filmykhabar.com/data/picture/rekha, bipana and karisma.jpg)
अहिले विपना छोराको स्कुल विदा भएका कारण नेपाल आएकी हुन् । उनी चाँडै फिल्ममा कमब्याक गर्ने सोचमा रहेको बताउँछिन् । नेपाल बसाईको क्रममा उनले आफ्ना पुराना सहपाठीहरुसँग पनि भेटघाट गरिरहेकी छन् ।