मिति : २०८१ फाल्गुन २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सयकडा दश’ राष्ट्रिय फिल्म : राजाराम पौडेल

फिल्मीखबर, काठमाण्डौ, 2019/01/23
बरिष्ठ हास्यअभिनेता राजाराम पौडेलको अभिनयका ‘दिवाना’ धेरै छन् । विषेशगरि, कमेडी भूमिकामा उनलाई सर्वाधिक रुचाइन्छ र खोजिन्छ । ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय उनी पहिलो पटक फिल्म निर्माणमा होमिएका छन् । उनले निर्माण गरेको फिल्म हो ‘सयकडा दश’ । यस फिल्मका उनी कार्यकारी निर्माता हुन् । 
 
उनी आफूले दशक लामो अभिनय यात्रामा २ सयभन्दा बढी फिल्ममा काम गरेको र त्यसमध्ये आफूलाई ‘सयकडा दश’ बाट सन्तुष्टि मिलेको बताउँछन् । पत्रकारसँगको एक भेटमा उनले भने, ‘कहिले पैसा, कहिले फुर्सद त कहिले चर्चामा आउनका लागि पनि फिल्म गरेँ । तर, यो फिल्म गरेपछि भने ममा बेग्लै अनुभूती भयो ।’ 
 
 
थुप्रै राम्रा फिल्ममा काम गरेको भएता पनि ‘सयकडा दश’ लाई उनी आफ्नो मनमा बस्न सफल फिल्मको रुपमा ब्याख्या गर्छन् । ‘यो देशका लागि बन्नै पर्ने फिल्म थियो । देशमा लाजमर्दो स्थितिमा रहेको भष्ट्राचारलाई फिल्ममा देखाइएको छ’, उनले अगाडि भने, ‘म विशषगरि यो फिल्म युवावर्गलाई आग्रह गर्छु ।’ 
 
युवावर्गसँगै नागरिक समाजका अगुवाहरु, प्रतिष्ठित व्यक्तिहरु, कर्मचारी, प्रहरी प्रशासनका सबै व्यक्तिहरुले ‘सयकडा दश’ छुटाउन नहुने राजारामको भनाइ छ । उनले अगाडि भने, ‘यो फिल्म हेरिसकेपछि म विश्वासका साथ भन्छु केही चेतना त ल्याउँछ ल्याउँछ ।’ उनले उक्त फिल्मलाई आफूले राष्ट्रिय फिल्म भन्ने गरेको पनि बताए । 
 
२ घण्टा १० मिनेट लम्बाइको यो फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्रदान गरेको यस फिल्मबाट चर्चित हास्यकलाकार मनोज गजुरेलले डेब्यु गरेका छन् । मनोज र राजारामका अलावा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेललगयतको पनि फिल्ममा अभिनय छ ।