मिति : २०८१ माघ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रानू मण्डलको बायोपिक बन्ने

एजेन्सी, मुम्बई, 2019/09/26
चर्चित गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ ले रानू मण्डलको किस्मत रातारात बदल्यो । उनी इन्टरनेट सेन्सेशन बनिसकेकी छन् । अहिले उनको नाम नसुन्ने सायदै होलान् । उनी अहिले संसारभर चर्चित भएकी छन् । हरेक कोही उनको सुरिलो आवाज र गायिकीको कायल छन् । कोलकाताको स्टेशनमा गीत गाउने उनको जिन्दगी अहिले पूरै बदलिएको छ ।
 
अब उनको जिन्दगीमाथि फिल्म निर्माण हुन लागेको जानकारी प्राप्त भएको छ । इन्स्पायर फिल्ममेकर ऋषिकेश मण्डलले उनको जीवनीमा फिल्म बनाउने तयारी थालेका छन् । प्राप्त जानकारी अनुसार, रानूको बायोपिक फिल्मका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई अप्रोच गरिएको छ । यसको खुलासा उनी स्वयंले गरेकी हुन् ।
 
 
एक अन्तर्वार्तामा उनले भनिन्, ‘हो, मलाई फिल्म अफर भएको छ । तर, मलाई फिल्मको स्क्रिप्ट मिल्न बाँकी छ । स्क्रिप्ट पाएपछि फिल्म गर्ने वा नगर्ने टुंगो लाग्छ । यद्यपि, मलाई फिल्म गर्ने इच्छा भने छ ।’ जर्नालिस्टबाट निर्देशक बनेका ऋषिकेशले फिल्मको नाम ‘प्लेटफर्म सिंगर रानू मण्डल’ राखेका छन् । फिल्ममा रानूको रेलवे स्टेशनदेखि बलिउडसम्मको सफर देखाइनेछ ।
 
निर्देशक ऋषिकेश भन्छन्, ‘सुदीप्ता चक्रवर्तीलाई फिल्म अप्रोच गरेको सत्य हो । तर, उनीबाट अहिलेसम्म कुनै जवाफ आएको छैन । मलाई लाग्छ कि यो क्यारेक्टरलाई उत्कृष्ट तरिकाले यदी कसैले दर्शाउन सक्छ भने त्यो उनी नै हुन् ।’ उनी रानू देशका कयौं महिलाका लागि एक मिसाल रहेको बताउँछन् । रानूको जीवनीमाथि फिल्म बनाउने अहिले सही समय रहेको उनको भनाई छ ।